आर्थिक 📈

नेप्से ४१.३० अंकले बढ्यो, ६ अर्ब ६७ करोड बढीको कारोबार

काठमाडौं, ११ चैत । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । शेयर बजारमा आज देखिएको सुधारको संकेतले लगानीकर्ताहरुमा उत्साह छाएको छ । आज नेप्सेमा दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४१.३० अंकले बृद्धि भएको हाे । यसरी बृद्धि भएको नेप्से परिसूचक २५७०.२५ विन्दुमा पुगेर रोकिएको छ । नेप्से आज १.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ७.६३ अंकले बृद्धि भएर ४५५.९५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २०८… पुरा पढौ

बीमा विधेयक माथिको दफावार छलफल जारी

काठमाडौं, ११ चैत .बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल गरिरहेको छ । संसद् विघटन बदरपछि बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि अर्थ समितिमा पुनः छलफल प्रारम्भ भएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज भएको बैठकमा विधेयकमाथि दफाबार छलफल गर्दै अर्थ मन्त्रालय र बीमा समितिका पदाधिकारीले बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धा तथा त्यसको प्रभावकारी नियमन सम्बन्धमा सुझाव… पुरा पढौ

व्यावसायिक च्याउखेतीमा लागे तम्घासका युवा

तम्घास, ११ चैत । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको व्यावसायिक उत्पादन गर्ने पहिलो व्यक्ति हुन् । उनले अहिले व्यासायिकरूपमा च्याउ उत्पादन र बजारीकरणको काम गरिरहेका छन् । पाण्डेयले रेसुङ्गा–९ उपल्लो तम्घासमा रेसुङ्गा च्याउ उद्योगमार्फत रु २० लाखको लगानी गरेर च्याउखेती गरेका छन् । अहिले पाण्डेयको फार्ममा च्याउ टिप्ने चटारो छ तर बजार अभावमा दैनिक सरदर तीन क्विन्टल उत्पादन हुने च्याउको व्यवस्थापन गर्न पाण्डेयलाई मुस्किल परिरहेको छ… पुरा पढौ

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, ११ चैत । साताको चौथो दिन बुधबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको भने १० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहि प्रतितोला ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार पनि तेजाबी सुनको मूल्य ८६ हजार २५० नै कायम भई कारोबार… पुरा पढौ

उन्नति लघुवित्तले बोलायो साधारण सभा, १ करोड बढीको एफपीओ निष्काशन गर्ने

काठमाडौंं, ११ चैत । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चैतको ३१ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभामा एफपीओ निष्काशनको प्रस्तावमाथि छलफल गरी पारित गरिने भएको छ । सभाले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १७.८१०३८७२१ प्रतिशत बोनश शेयर वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नेछ । बोनश शेयर वितरणपछि सर्वसाधारणको शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्नका लागि १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ निष्काशनको प्रस्तावलाई पारित गरिने भएकाे हाे । सभामा वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन,… पुरा पढौ

वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा ल्याउन ‘बुक बिल्डिङ’

काठमाडौं, ११ चैत । पछिल्ला दिनमा वास्तविक क्षेत्रका उद्योग तथा कम्पनी एकपछि अर्को गर्दै साधारण शेयर बिक्रीमा केन्द्रित भइरहेका छन् । शिवम् सिमेन्टले शुरु गरेको साधारण शेयर बिक्रीको क्रम चन्द्रागिरि हिल्ससम्म आइपुगेको छ । शेयर बजारको विस्तार र विकासका लागि वास्तविक क्षेत्रका कम्पनी तथा उद्योग शेयर बजारमा प्रवेश गर्नु जरुरी रहेको भन्दै सरकारले बजेटमा समेत सो व्यवस्था समेटेको छ । सरकारको सोही योजनाअनुसार नै वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा आकर्षित गर्ने ध्येयका साथ नेपाल धितोपत्र बोर्डले साधारण शेयरमा ‘बुक बिल्डिङ… पुरा पढौ

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, १० चैत । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।    बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न… पुरा पढौ

नेपाल राष्ट्र बैंक प्रवक्तामा ढकाल

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।हाल बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) मा कार्यरत् ढकाललाई मंगलबार राष्ट्र बैंकको प्रवक्तामा नियुक्त गरिएको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उनीसँग विभिन्न विभागमा २५ वर्ष कार्य गरेको अनुभव छ । उनी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक समेत हुन् । पुरा पढौ

किसान लघुवित्तको शेयर कारोबार रोक्का, स्पष्टिकरण दिन नेप्सेद्वारा निर्देशन

काठमाडौं, १० चैत । किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको भन्दै शेयर कारोबारमा रोक्का लगाएको जनाएको छ । यस्तै संस्थाले सूचना परिवर्तन नगरेको कारण देखाउँदै किसान लघुवित्तको शेयर कारोबार रोक्का गरेको बताएको छ । संस्थालाई ३ दिनभित्र समयमै किन सूचना नदिएको हो यसका बारेमा स्पष्टिकरण दिन भन्दै नेप्सेले निर्देशन दिएको हाे। संस्थाले चैतको ८ गतेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद शेयर जारी… पुरा पढौ

नेप्से १४.५७ अंकले बढ्यो, ५ अर्ब १४ करोड बढीको कारोबार

काठमाडौं, १० चैत । शेयर बजार आज उकालो लागेको छ । नेप्से परिसूचक १४.५७ अंकले बृद्धि भई २५२८.९५ विन्दुमा पुगेको छ । नेप्से ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले बृद्धि भई ४४८.८९ विन्दुमा पुगेको हो । आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २७ लाख ६ हजार ७१० कित्ताको शेयर खरिदबिक्रीबाट ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज शेयर कारोबार भएका १३ वटा उपसमूहमध्ये ६… पुरा पढौ