आर्थिक 📈

रसुवागढी नाकाबाट १० महिनामा १ सय ६१ टन खाद्यान्न आयात

काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको १० महिनामा रसुवागढी नाकाबाट १ सय ६१ टन खाद्यान्न आयात भएको छ । गएको साउनदेखि बैशाख मसान्तसम्म १ सय ६१ टन खाद्यान्न आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ । कार्यालयका खाद्य अनुसन्धान अधिकृत नवीन देउजाका अनुसार खाद्यान्न र दलहनको आयात बढी भएको छ । नाकाबाट सामग्री आयात हुन थालेपछि खाद्य सामग्रीको आयात बढ्न थालेको उनले बताए । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि बैशाख मसान्तसम्म चीनबाट सोया… पुरा पढौ

सेयर बजारको उछाल रोक्न बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय बैंकको नीतिगत कडाइ

काठमाडौं, १२ जेठ। सेयर बजारमा हुने बैंक तथा वित्तीय संस्थाको लगानीमाथि केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले थप कडाइ गरेेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले सेयरको दोस्रो बजारमा गर्ने लगानीमाथि कडाइ गरेको हो। यो परिपत्रसँगै बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनी दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा अगाडि लगानी गर्न पाउने छैनन्। राष्ट्र बैंकको परिपत्रमा सर्वसाधारणमा सेयर विक्री गरेर धितोपत्र विनिमय बजारमा सूचीकृत भएको संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको… पुरा पढौ

खाद्य ढुवानी गर्न २ करोड ४८ लाख दिँदै प्रदेश सरकार

कर्णाली, १२ जेठ । प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी सुर्खेतलाई २ करोड ४७ लाख ९८ हजार ८३३ उपलब्ध गराउने भएको छ । सो रकम दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रतिकार्यमा विशेष जोड दिने निर्णय गरेको सरकारका प्रवक्ता सीताकुमारी नेपालीले जानकारी दिइन् । कर्णाली प्रदेश सरकारका प्रवक्तामा आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री… पुरा पढौ

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान

ढाका, ११ जेठ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो । बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ । यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ ।… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौं, ११ जेठ । अघिल्लो दिन सोमबार सूचकसंगै ऐतिहासिक कारोबार गरेर कीर्तिमान कायम भएको शेयर बजारमा आज भने दोहोरो अंकको गिरावट भएको छ । सूचकहरुमा मिश्रीत नतिजा देखिए पनि आज पनि उत्साहवर्धक कारोबार भएको छ । तर आजको कारोबारले अघिल्लो दिन सोमबार भएको १३ अर्बको कारोबारलाई भने भेटाउन सकेन । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज नेप्सेपरिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.२३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.५१ अंकले घटेर ५०३.९९ विन्दुमा पुगेको छ ।… पुरा पढौ

शिखर इन्स्योरेन्सको ३८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ११ जेठ । शिखर इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । गएको आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई २७.७८ प्रतिशत बोनस शेयर बाँडेको थियो । कम्पनीले सोहि शेयरलाई नेप्सेमा सूचीकृत गरेको जनाएकाे छ । सूचीकृत शेयर शेयरधनीहरुको डिम्याट खातामा गएपछि दोश्रो बजारमा कारोबार गर्न सकिने भएको छ । कम्पनीले २७.७८ प्रतिशत बोनस शेयर फाँडफाँड गरेपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड… पुरा पढौ

४ अर्ब लागत रहेकाे लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण शुरू

रसुवा, ११ जेठ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको निर्माण शुभारम्भ भएको हो । रू चार अर्ब पाँच करोडको लागतमा निर्माण सम्पन्न गर्न मल्टी एनर्जी हाइड्रोपावर कम्पनीमार्फत निर्माण शुरूभएको लाङ्टाङ खोला जलविद्युत् आयोजना अर्ध भूमिगतको संरचना बन्ने र ३० महिनाभित्र निर्माण सम्पन्न गरिने लक्ष राखिएको उक्त कम्पनी… पुरा पढौ

कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती थपियो : गभर्नर अधिकारी

काठमाडौं, ११ जेठ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरले अर्थतन्त्रमा थप अनिश्चितता बढेको बताएका छन्। कोरोनाका कारण देखिएको अनिश्चितताले अर्थतन्त्रमा चुनौती बढेको उनको भनाइ छ। एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। बैठकलाई सम्बोधन गर्दै अधिकारीले कोरोनाको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्रको पुनरुत्थान हुँदै गएको अवस्थामा दोस्रो लहरले चुनौती थपेको बताएका हुन्। अधिकारीले कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै… पुरा पढौ

फेरी घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, ११ जेठ । साताको तेश्रो दिन मंगलबार आज सुनको मूल्य ओरालो लागेको छ । चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज छापावाला सुन रुपैयाँ २०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाला सुन प्रतिातोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रूपैयाँ कायम भएको थियो । महासंघका… पुरा पढौ

१५ अर्बको विकास ऋणपत्र बोलकबोलमार्फत हुने

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको 'विकास ऋणपत्र' जारी गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे 'विकास ऋणपत्र २०८३ घ' बोलकबोल मार्फत जारी गर्न लागेको हो । ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संघसंस्था र नेपाली नागरिकले मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । विकास ऋणपत्र २०८३ ‘घ’को ब्याजदर बोलकबोलबाट हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ । यस्तै यो ऋणपत्र धितोको रुपमा पनि प्रयोग… पुरा पढौ