आर्थिक 📈

हरेक वर्ष ४ लाख युवालाई रोजगारी दिने काममा जुटेका छाैं:गोल्छा

ललितपुर, ४ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा आज उनले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताए । “विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै… पुरा पढौ

शेयर बजारमा एकछत्र हरियाली, नेप्से ४०.४० अंकले बढ्यो,

काठमाडौं, ४ चैत । साताको चौथो दिन बुधबार आज शेयर बजारमा एकछत्र हरियाली छाएको छ । निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबारबाट सुधारको संकेत दखिएको थियो । आज नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । नेप्से आज १.६९ प्रतिशतले बृद्धि भएको हो । यस्तै सेन्सेटिभ इण्डेक्स ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ । आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । ८६ लाख २६ हजार ६६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४५ लाख… पुरा पढौ

नेप्सेद्वारा निफ्रालाई तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन, के हो कारण ?

काठमाडौं, ४ चैत । धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने खालको सूचना बाहिर आएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्टेरक्चर बैंकसंग स्पष्टिकरण मागेको छ । साथै नेप्सेले बैंकलाई तीन दिनभित्र स्पष्टिकरणको जवाफ फर्काउन निर्देशन दिएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हालै एउटा कार्यक्रममा बैंकले १० प्रतिशत लाभांशसहित ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भईरहेका कुराहरु व्यक्त गरेका थिए । उनको सार्वजनिक रुपमा व्यक्त भएको लाभांश सम्बन्धी सूचनाको कारण बजार प्रभावित भएकोले स्पष्टिकरण माग्नु परेको हो । यस आर्थिक… पुरा पढौ

अमेरिकाको एटलान्टामा गोली चल्यो, आठ जनाको मृत्यु

एटलान्टा, ४ चैत । अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ । राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् । चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, ४ चैत । साताको चौथो दिन बुधबार आज छापावाला सुनको मुल्य ३०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

मण्डनदेउपुरमा एक अर्बको खानेपानी आयोजना स्वीकृत

काभ्रेपलाञ्चोक, ४ चैत । मण्डनदेउपुर नगरपालिकामा रु एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । यसका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । नगरसँग खानेपानी आयोजनाका… पुरा पढौ

सहुलियत ऋणमा बढदो आकर्षण, सात महिनामा १ खर्ब १२ अर्ब लगानी

काठमाडौं, ४ चैत । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको… पुरा पढौ

सात महिनामा ५ खर्ब ६७ अर्ब बढी विप्रेषण भित्रियाे

काठमाडौं, ४ चैत । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई रु चार… पुरा पढौ

चालु खाता खर्बभन्दा बढी घाटामा

काठमाडौं, ४ चैत । मुलुकको चालु खाता रु एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु सात अर्ब ८३… पुरा पढौ

फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा… पुरा पढौ