आर्थिक 📈

लघुवित्त सङ्घको नेतृत्वमा पुनः पाेखरेल, नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं, ६ चैत । लघुवित्त सङ्घ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । सङ्घका संस्थापक अध्यक्ष जगत पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । काठमाडौंमा आज सम्पन्न सङ्घको प्रथम साधारणसभाले उपाध्यक्षमा भगवती चौधरी र माणिकरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्तकुमार श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसीलाई निर्वाचित गरेको छ । यस्तै सदस्यमा विमला उपाध्याय घिमिरे र किरण चौधरी निर्वाचित भएका छन् । स्थापनाका बेला नौ सदस्यीय रहेको समिति विस्तार गरी ११ सदस्यीय बनाउने र बाँकी तीनजना पछि मनोनित… पुरा पढौ

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन स्थगित

काठमाडौं, ६ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन स्थगित भएको छ । शनिबार हुने भनिएको महाधिवेशन महासंघ भित्र केहि आन्तरिक समस्या देखिए पछि स्थगित गरिएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले अर्को निर्णय नहुञ्जेलसम्मका लागि महाधिवेशन स्थगित भएको बताएका छन् । आन्तरिक समस्या देखिएपछि महाधिवेशन तत्कालका लागि स्थगित भएको अध्यक्ष कटुवालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । के भनिएको छ विज्ञप्तिमा हेर्नुहोस्ः पुरा पढौ

विश्व बैंकद्वारा ‘समृद्धिका लागि वन’ परियोजनामा २ अर्ब ८१ करोड सहयोग

काठमाडौं, ६ चैत । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकबीच आज अर्थ मन्त्रालयमा आयोजिक एक कार्यक्रममा उक्त रकम बराबरको वित्तीय सम्झौतापत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे । नेपालको दिगो वन व्यवस्थापनलाई सुधार, वनमा आधारित निजी क्षेत्रको… पुरा पढौ

एनआइसी एशिया र स्वदेशी लघुवित्तले चैतको ८ गतेबाट एकिकृत कारोबार गर्ने

काठमाडौं, ६ चैत । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । यसका लागि केन्द्रीय बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृती दिइसकेका छन् । दुबै वित्तीय संस्थालाई मर्जरका लागि स्वीकृती प्रदान गरिसकेकोले चैतको ८ गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका हुन । उनीहरुको गएको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरको प्रस्तावलाई पारित गरेको थियो । दुबै संस्थाको एकिकरण पछि अबको कारोबार एनआईसी एशिया लघुवित्त… पुरा पढौ

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

काठमाडौं, ६ चैत । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । सो अफर अन्तर्गत चैत्र ६ देखि १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फराम वा आवेदन दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशुल्क लिन सक्नेछन् ।होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निुशल्ल्क डिम्याट खाता पनि बैंक खोल्न सकिनेछ । बचत… पुरा पढौ

फेरी सुनचाँदीको मूल्यमा गिरावट, कारोबार कतिमा भयो ?

काठमाडौं, ६ चैत । साताको छैंटौ दिन शुक्रबार आज सुनचाँदीको को मूल्यमा गिरावट आएको छ । छापावाला सुनमा आज प्रतितोला ५०० रुपैयाँले गिरावट भएको छ भने चाँदीमा प्रतितोला १५ रुपैयाँले गिरावट भएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५०० रुपैयाँले घटेर ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

सिंगटीको आज, रुरु जलविद्युतको चैत्र २० मा आइपीओ निष्काशन हुँदै

काठमाडौं, ६ चैत्र । सिंगटी हाइड्रो इनर्जीको सर्वसाधारणका लागि आइपीओ आज निष्काशन हुँदैछ । प्रतिकित्ता रु १०० अंकित मूल्यको २९ लाख कित्ता शेयर निष्काशन हुन लागेको हो । उक्त शेयर मध्ये ५८ हजार कित्ता शेयर कर्मचारी, १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । सिंगटी हाइड्रोको शेयरमा घटीमा १० कित्ता र बढिमा २ लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ । कम्पनीको… पुरा पढौ

वस्तु आयातमा १ लाख डलरसम्मको कारोबार गर्न पाइने

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीवार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि यस्तो आयात अमेरिकी डलर ५० हजार… पुरा पढौ

कूल गार्हस्थ उत्पादनको तुलनामा पूर्वाधार क्षेत्रमा न्यून खर्च

काठमाडौं, ६ चैत । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जिडिपी)को ६ देखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ । हाल कूल जिडिपीको आकार रु ३९ खर्ब ४३ अर्ब रहेको छ । त्यसको छदेखि साढे ७ प्रतिशत भन्नाले न्यूनतम रु दुई खर्ब ३६ अर्बदेखि अधिकतम रु दुई खर्ब ९५ अर्ब हो । यो खर्च प्रवृत्ति आवश्यकताभन्दा न्यून रहेको पूर्वाधार क्षेत्रका जानकारहरुको बताइरहेका छन् । पूर्वाधार विज्ञ कमल पाण्डेका अनुसार सरकार र निजी क्षेत्रले गरेका विभिन्न अध्ययनले दिगो… पुरा पढौ

२१.३ मेगावाटको जलबिद्युत आयोजनामा लगानी जुट्यो, ४ बैंकले २ अर्ब ५२ करोड बढी लगानी गर्ने

काठमाडौं, ६ चैत । नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएन समेतको मुख्य लगानी रहेको संयुक्त उर्जा प्रालिले विकास गर्न लागेको उक्त जलबिद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिका स्थित ठूलो खोलामा निर्माण हुनेछ । ३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा बिभिन्न ४ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२… पुरा पढौ