आर्थिक 📈

ठूला परियोजनाको तयारी गरेर मात्रै लगानी सम्मेलन गर्नुपर्छ : गाेल्छा

काठमाडौं, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने कुरा बताएका छन् । “तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।” गोल्छाले भने । अन्तरराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन त भए । तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक… पुरा पढौ

भ्याट छली गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ५ चैत । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व… पुरा पढौ

४२.९५ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ६६ करोडको सेयर कारोबार

काठमाडौं, ५ चैत । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ । कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । पुरा पढौ

एनसीसी बैंकले चैत्र १३ गतेदेखि रु ३ अर्बको ऋणपत्र ल्याउँदै

काठमाडैं, ५ चैत । एनसीसी बैंकले चैत्र १३ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुलाउने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक '९.५० प्रतिशत ब्याजदर भएको ‘‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १ हजार अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रुपैयाँ ३ अर्ब मध्ये १२ लाख कित्ता अर्थात कुल रुपैयाँ १ अर्ब २० करोड ऋणपूँजी रकम (५ प्रतिशत अर्थात ६० हजार कित्ता… पुरा पढौ

बिहिबार बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा भयो ?

काठमाडौं, ५ चैत । साताको पाचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुन ३०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा २० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छावापाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार… पुरा पढौ

नागरिक लगानी कोषले गर्याे ६ महिनामा ३२ करोड २५ लाख खुद मुनाफा

काठमाडौं, ५ चैत । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको ६ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु १ खर्ब एक अर्ब ६६ करोड, नेपाल सरकारको… पुरा पढौ

ज्योति लाइफको आईपीओ बाँडफाँड १३ गते हुने

काठमाडौं, ५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ १३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । सिडिएस एण्ड क्ल्यिरिङ लिमिटेडले १३ गते बाँडफाँड गर्न अनुमति दिएको हो । ज्योति लाइफको आईपीओले आवेदनमा रेकर्ड ब्रेक गरेको थियो । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको हो । आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको… पुरा पढौ

महासंघमा चुनावी माहोल तात्यो, अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं, ५ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चुनावी माहोल तातेको छ । अध्यक्ष नरेश कटुवाल नयाँ कार्यकालका लागि इच्छा नदेखाएपछि महासंघको नेतृत्व लिन तीन जना आकांक्षी देखिएका छन् । नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुने भएको छ । महासंघका अध्यक्ष नरेश कटुवाल नेतृत्वको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने भएको हो । शनिबार बिहान उद्घाटन शत्र सक्ने र दिउँसोका लागि निर्वाचनको कार्यक्रम राखिएको महासंघले जनाएको छ । महासंघको नयाँ नेतृत्वका बिहीबार नै उम्मेद्वारी दर्ता समेत… पुरा पढौ

सर्वोत्तम सिमेन्टले थाल्यो ६० लाख कित्ता आइपीओ निष्काशनको तयारी, ३५ प्रतिशत लाभांश दिने

काठमाडौं, ५ चैत । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने तयारी गरेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रहेकोमा त्यसको १५ प्रतिशतले हुने ६० लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो । कुल ६० लाख कित्ता शेयरमध्ये २५ लाख कित्ता शेयर सर्वसाधारणका लागि, ३ लाख कित्ता कर्मचारीको लागि, स्थानियका लागि ८ लाख कित्ता र २४ लाख कित्ता शेयर संस्थागत लगानीकर्ताका लागि रहेको छ । सर्वोत्तम सिमेन्टको साधारण शेयर निष्काशनका लागि ग्लोबल आइएमई… पुरा पढौ

माघमा क्युआर कोडमार्फत एक अर्ब ७१ करोड बढीको कारोवार

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र रु ४६ करोड ७० लाखभन्दा बढीको कारोवार भएको छ । गत पुसमा रु एक अर्ब २४ करोड ५० लाख बराबरको कारोवार भएकामा माघमा रु एक… पुरा पढौ