आर्थिक 📈

बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर

फागुन, २५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको गिरावट, १० उपसमूह राताम्मै

काठमाडौं, २५ फागुन । मुलुकको तरल राजनीतिक अवस्था संगसंगै पछिल्ला दिनहरुमा ओरालो लागिरहेको शेयर बजारमा आज पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ । साताको तेश्रो दिन मंगलबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक तथा कारोबार दुवैमा गिरावट भएको छ । नेप्से परिसूचक आज २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा रोकिएको छ । नेप्से ०.९३ प्रतिशतले घटेको हाे । सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले घटेर ४४५.२१ अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१० कम्पनीको… पुरा पढौ

आज फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

काठमाडौं, २५ फागुन । साताको तेश्रो दिन मंगलबार आज फेरी सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनमा रुपैयाँ ६०० ले गिरावट भएको हो भने चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार १५० कायम भई साेहि मूल्यमा काराेबार भएको… पुरा पढौ

नेपाल हाइड्रोले ३ आर्थिक वर्षकाे साधारण सभा एकैदिन गर्ने

काठमाडौं, २५ फागुन । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तीनवटा वार्षिक साधारण सभा एकैदिन चैत्र १७ मा डाकिएको छ । कम्पनीको संचालक समितिको बैठकले अनलाइनमार्फत आर्थिक वर्ष २०७४/२०७५, २०७५/२०७६ तथा २०७६/२०७७ को वार्षिक साधारण सभा एकैदिन डाकेको हो । साधारण सभाका एजेण्डाहरुमा तीनवटै आर्थिक वर्षको आर्थिक विवरण, वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, तीनवटै आर्थिक वर्षको वित्तिय विवरण पारित गर्ने लगायतका रहेका छन् । यस्तै कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ र २०७६/२०७७ को लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने लगायतका विषय रहेका… पुरा पढौ

ज्योति लाइफको आइपिओमा बढ्यो आकर्षण, कतिले दिए आवेदन ?

काठमाडौं, २५ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा आबेदन दिने शेयर लगानीकर्ताहरुको संख्या १४ लाख नजिक पुगेको छ । कम्पनीले फागुन २१ गतेबाट आइपीओ खुलाएकोमा सोमबार बेलुकीसम्म आइपीओ भर्नेहरुको संख्या १३ लाख ७६ हजार ७६१ पुगेको जनाईएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार अहिलेसम्म २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ७७ हजार ५४० कित्ताका लागि आवेदन पेश भएको छ । ज्योती लाइफको आइपीओ भर्ने समय फागुन २६… पुरा पढौ

नेपाल पर्यटन बोर्डद्वारा लुम्बिनीको ब्रान्डिङ शुरु

सिद्धार्थनगर, २५ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण गर्न नेपाल पर्यटन बोर्डले लुम्बिनीको ब्रान्डिङ शुरु गरेको छ । लुम्बिनीको नाम लेखाइको ढाँचा, रङ र लोगोलाई अन्तर्राष्ट्रियरूपमा परिचित गराउने उद्देश्यले ब्रान्डिङसम्बन्धी छलफल महत्वपूर्ण भएको सरोकारवालाले बताएका छन् । लुम्बिनीसँग सरोकार राख्ने सङ्घसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञ तथा पत्रकारहरुबीच रुपन्देहीको टाइगर प्यालेसमा आयोजित कार्यक्रममा लुम्बिनीका लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएअनुसार बुद्ध रङ, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्ध धर्मसँग सम्बन्धित विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।… पुरा पढौ

आईप्रोका फिचर फोन आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध

काठमाडौं, २५ फागुन । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर… पुरा पढौ

‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु, निजी क्षेत्रले लगानी बढाउनुपर्ने : प्रधानमन्त्री

काठमाडौं, २५ फागुन । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले आरम्भ गर्दै औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए । उनले… पुरा पढौ

मिर्मिरे लघुवित्तले डाक्याे साधारण सभा, एफपीओ निष्काशन गर्ने तयारी

काठमाडौं, २४ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण तथा एफपीओ निष्काशनका लागि चैतको १८ गते दशौं वार्षिक साधारण सभा डाकेको छ । संस्थाले गएको आर्थिक वर्षमा भएको मुनाफाबाट लाभांश वितरण तथा एफपीओ निष्काशनको प्रस्तावलाई साधारण सभाबाट पारित गर्ने बताएको छ । संस्थाको साधारण सभाले ९.१९ प्रतिशत बोनश शेयर तथा करको प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ । साधारण सभाको एजेण्डामा स्वेडा लघुवित्त वित्तीय संस्थाको प्राप्तिपछि शेयरको बन्दोबस्ति मिलानका लागि एफपीओ जारी गर्ने प्रस्तावलाई… पुरा पढौ

सोमबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, कारोबार कतिमा ?

काठमाडौं, २४ फागुन । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । छापावाला सुनमा प्रतितोला १०० रुपैयाँ तथा चाँदीमा प्रतितोला १५ रुपैयाँले बृद्धि भएको हो । आईतबार प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार १०० रुपैयाँले बृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ६५०… पुरा पढौ