आर्थिक 📈

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ: पूर्वमन्त्री डा महत

तनहुँ, २९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउनुभएको छ । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको तनहुँकाे दमौलीमा आयोजित नवाै वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका छन्। उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने डा महतले बताए । “देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि… पुरा पढौ

विदेशबाट फर्केका युवा लागे मालभोग केराखेतीमा

मोरङ, २९ फागुन मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १० युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् । उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा रु तीन लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाइले जानकारी दिए ।… पुरा पढौ

दूधमा आत्मनिर्भर बन्न वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग

कास्की, २९ फागुन नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको सङ्घका केन्द्रीय… पुरा पढौ

यी हुन् साताका नेप्सेमा सूचीकृत बैंक, वित्तीय र पावर कम्पनीहरु

काठमाडौं, २९ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । सिटी एक्सप्रेस फाइनान्सलाई अधिग्रहण गरेपछि उक्त शेयर नेप्सेमा सूचीकृत गरिएको हो । अब सो शेयर डिम्याट खातामा आएपछि दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई अधिग्रहण गरेपछि माघ ११ गतेदेखि बैंकको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । यो साता नेपाल इन्भेष्टमेन्ट बैंकसहित ६ वटा बैंक, एक लघुवित्त र एक जलविद्युत कम्पनीको शेयर नेप्सेमा… पुरा पढौ

प्राइम कमर्सियल बैंकको ३५ लाख इकाई ऋणपत्र बिक्री खुल्ला

काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकको शुक्रबारदेखि '८.५ प्रतिशत प्राइम डिबेन्चर २०८५' निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिइकाई १ हजार अंकित दरका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कुल ऋणपत्रकाे २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख इकाई व्यक्तिगत तवरले बिक्री गरिने भएको छ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको र १४ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हाे । आवेदकले… पुरा पढौ

व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन विभाग क्रियाशील

काठमाडौं, २९ फागुन । उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताएका छन्। “दिनमा तीन, चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो । सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र… पुरा पढौ

अर्थतन्त्रलाई उकास्न व्यापारमैत्री कानून आवश्यकः ढकाल

पर्सा, २८ फागुन । कोरोना महामारीका कारण थलापरेको अर्थतन्त्रलाई उकास्न सरकारले व्यापारमैत्री नीति ल्याउन उद्योग व्यवसायीले जोड दिएका छन् । आज वीरगञ्जमा आयोजित वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५औँ साधारणसभाका वक्ताहरुले करको दरलाई घटाउँन सरकारसँग माग समेत गरे । नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण खुम्चिँदै गएको अर्थतन्त्रलाई उकास्न तीनै तहको सरकारले व्यापारमैत्री कानून निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारले विदेश लगानी आकर्षित गर्ने नीति ल्याउन माग समेत गरे… पुरा पढौ

दार्चुलामा १०० मेगावाट विद्युत् उत्पादनकाे तयारी तीब्र

दार्चुला, २८ फागुन । निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेकोले विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ । जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेका छन् । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले… पुरा पढौ

ज्योती विकास बैंकले माग्यो १ अर्ब ५० करोडको ऋणपत्र बिक्रीको अनुमति

काठमाडौं, २८ फागुन । ज्योती विकास बैंकले १ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने भएकाे छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबाेन ) संग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यकाे १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्नका लागि बोर्डबाट अनुमति मागेकाे हो । उक्त ऋणपत्र सर्वसाधारणका लागि ६० करोड बराबरको ६ लाख कित्ता बिक्री गरिने भएको छ । व्यक्तिगत तवरले ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र बिक्री… पुरा पढौ

नयाँ गुद्री बजारमा एनएमबी बैंककाे क्युआर कोड सेवा शुरु

मोरङ, २८ फागुन, विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंककाे विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरिद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झंझट नहुनका साथै पारदर्शी हुने बताए । उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षा समेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध बनाउने नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका… पुरा पढौ