आर्थिक 📈

आज फेरी घट्यो सूनचाँदीको मूल्य

काठमाडौं, २८ फागुन । महाशिवरात्रिको दिन बिहिबार ६०० रुपैयाँले बृद्धि भएको छापावाला सुनको मूल्य शुक्रबार आज ६०० रुपैयाँले नै घटेको छ । यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला… पुरा पढौ

गणपति लघुवित्तको १५.७९ प्रतिशत लाभांश आज पारित हुँदै

काठमाडौं, २८ फागुन । गणपति लघुवित्त वित्तीय संस्थाको आज बाेलाइएकाे चाैथाे साधारण सभामा आज १५.७९ प्रतिशत लाभांश पारित हुने भएकाे छ । सभाबाट संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर तथा ०.७९ प्रतिशत नगदसहित १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको हाे । साधारणा सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा घाटाको हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने… पुरा पढौ

शिवरात्रिको दिनमा बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा भयो ?

काठमाडौं, २७ फागुन । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा ६०० रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ । आज महाशिवरात्री पर्व परेको छ । प्रचलन अनुसार महाशिवरात्रीको अवशरमा शिवको पूजा आराधना गर्ने, चोखोनीति गर्ने गररहगना तथा सुकिलो वस्त्र लगाउने गरेको पाईन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला रुपैयाँ ६०० ले बृद्धि भएको छ भने ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ८६… पुरा पढौ

डेढ करोडको लगानीमा पोखरामा संचालन भयाे ‘डल्ले मोःमो’ को पहिलो आउटलेट

पोखरा, २७ फागुन । काठमाडौंमा स्थापनाको ११ औं वर्षको लोकप्रियतासंगै पोखरामा बुधबारदेखि 'डल्ले मोःमो' को पहिलो शाखा संचालनमा ल्याईएको छ । साढे १ करोडको लागतमा पोखरा मानवअधिकार चोक अगाडी खोलिएको 'डल्ले मोःमो' को शुभारम्भ मीस नेपाल २०१९ अनुष्का श्रेष्ठले गरेकी हुन । कर्यक्रममा श्रेष्ठले काठमाडौंमा लाेकप्रियता कमाएको 'डल्ले मोःमो' को पोखरा आउटलेटको शुभारम्भ गर्न पाउँदा निकै खुसि लागेको बताईन । उनले भनिन्, युवाहरुले आफ्नो सिप, दक्षता र लगानी आफ्नै देशमा, आफ्नै ठाउँमा गरे ब्यावसायीक सफलता प्राप्त हुनेमा विश्वस्त रहेको बताईन… पुरा पढौ

ज्योति लाइफको आइपिओमा रेकर्ड ब्रेक, पर्याे १८ लाख बढीकाे आवेदन

काठमाडाैं, २७ फागुन । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको हाे । आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६… पुरा पढौ

नेप्से ३.४० अंकले घट्यो, कारोबारमा नेपाल टेलिकम अगाडी

काठमाडौं, २६ फागुन । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । आज पनि शेयर बजार ओरालोतिर नै लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक तथा कारोबार दुबै घटेको छ । नेप्से परिसूचक आज ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा रोकिएको छ । नेप्से ०.१४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले बढेर ४४५.२३ विन्दुमा पुगेकको छ । आज जम्मा २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब १ करोड ४० लाख… पुरा पढौ

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

काठमाडौं, २६ फागुन । मंगलबार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार ६०० रुपैयाँले नै बृद्धि भएको छ । चाँदीमा १५ रूपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

dividend
काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका ५ वटा कम्पनीहरुको आज लाभांश सुरक्षित गर्नका लागि अन्तिम दिन हो । लाभांश प्राप्त गर्नको लागि सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्त, सिर्जना फाइनान्स तथा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भएर कायम भएको हुनुपर्नेछ । सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्तको फागुन २८ मा बुक क्लोज हुँदैछ । सिर्जना फाइनान्स तथा महिला लघुवित्त वित्तीय संस्थाको चैत्रको १ गते बुक क्लोज हुँदैछ । फागुनको २७ गते मशाशिव… पुरा पढौ

ज्योती लाइफको आइपीओमा लगानीकर्ताको लस्कर, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा शेयर लगानीकर्ताहरुको चाप बढीरहेको छ । आइपीओमा आवेदन दिनका लागि आज १ दिन बाँकि रहेकोले आईपीओ भर्नेको संख्याले यसअघिको रेकर्डलाई तोड्ने संकेत देखिएको छ । कम्पनीको आइपीओमा मंगलबारसम्म १५ लाख ७० हजार ४१४ शेयर लगानीकर्ताले आवेदन पेश गरेका पाईएको छ । यसभन्दा अघिको रेकर्डलाई हेर्दा महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख ८० हजार लगानीकर्ताले आवेदन दिएका थिए । ज्योती लाइफको आइपीओमा आवेदन दिने समय आज एक दिन बाँकी भएकोले यो संख्या… पुरा पढौ

ऊर्जामा दक्ष जनशक्ति तयार पार्न द्विपक्षीय सम्झौता

काठमाडौं, २६ फागुन । पछिल्ला दिनमा मुलुकभित्र उल्लेख्य मात्रामा जलविद्युत् आयोजना निर्माण भए पनि दक्ष जनशक्तिको अभाव रहँदै आएको तथ्यलाई मनन गर्दै ऊर्जा उद्यमीले साझेदारी गरेरै भए पनि मानवस्रोतको विकासमा ध्यान दिने भएका छन् । सोही उद्देश्यअनुसार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र गैरसरकारी संस्था शेषकान्त फाउण्डेशनबीच दक्षजनशक्ति उत्पादन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले हस्ताक्षर गरे । जलविद्युत् आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भारका लागि योग्य, आवश्यक र… पुरा पढौ