काठमाडौं, २५ माघ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १ लाख बढी सदस्य माझ पुगेर वित्तीय सेवा पुर्याउने लक्ष्यकासाथ अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले भक्तपुर बाँसघारीमा संचालक समिति, संस्थागत लगानीकर्ता, ब्लक स्टेशन प्रमुख, क्षेत्रीय प्रमुख, विभागिय प्रमुख र उच्च व्यवथापन सहितको सहभागितामा दुई दिने अर्धवार्षिक प्रगति समिक्षा र आगामी अर्धवार्षिक लक्ष्यकासाथ कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले विगत छ महिनामा गरेका कार्यक्रमहरुको समिक्षासहित आगामी छ महिनाको रणनैतिक लक्ष्य निर्धारण गरेको छ ।…
पुरा पढौ