आर्थिक 📈

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं, १६ माघ । साताको शुक्रबार आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि सुनको मूल्य प्रतिातोला रुपैयाँ ९२ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बिहिबारको झैं स्थिर रहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ । चाँदी भने आज ४० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला… पुरा पढौ

एनआईसी एशिया बैंकले गर्याे २ अर्ब ६ करोड खुद नाफा, सबै परिसूचक उत्साहजनक(पूर्ण विवरण)

काठमाडाैं, १६ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व २०७७ र २०७८ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । काेभिड १९ काे महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासमा वार्षिक प्रति शेयर आम्दानी रू ३५.७३ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही… पुरा पढौ

२६ बैंकले ६ महिनामा कमाए २९ अर्ब ३२ करोड मूनाफा, कुन बैंकले कति कमाए ? (सूचीसहित)

काठमाडौं, १६ माघ । चालु आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ‘क’ वर्गका बैंकहरुले २९ अर्ब ३२ करोड ४३ लाख ७२ हजार रुपैयाँ मूनाफा कमाएका छन् । दोस्रो त्रैमासको वित्तीय विवरण राष्ट्रिय वाणिज्य बैंक बाहेकका सबै बैंकहरुले सार्वजनिक गरेका छन् । २६ वाणिज्य बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार समग्रमा ६७ करोड ७७ लाख ८७ हजार रुपैयाँले मुनाफा घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन् ।अध्यक्ष दाहालले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो… पुरा पढौ

महासंघले दियो पूर्व अध्यक्षलाई कामको जिम्मेवारी

काठमाडौं, १६ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्षलाई समेत विभिन्न कामको जिम्मेवारी दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाले पूर्वअध्यक्षलाई जिम्मेवारी दिएका हुन् । जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । महासङ्घका अनुसार पूर्वअध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत संयुक्त व्यापार संयन्त्रको जिम्मेवारी दिइएको छ । यस्तै महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठलाई एशिया प्रशान्त क्षेत्रको चेम्बर अफ कमर्सको… पुरा पढौ

बैंकर्स संघ काठमाडाैं बाहिर सुन वितरण गर्न सहमत

काठमाडौं, १५ माघ । नेपाल बैंकर्स संघले काठमाडौं उपत्यका बाहिरबाट पनि सुन बिक्रीवितरण गर्न सहमति जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स संघका पदाधिकारीबीच आज भएको छलफलमा यस्तो सहमति भएको हो । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीले दुःख खेप्नु परेको भन्दै यथाशीघ्र तोकिएका स्थानबाट सुन वितरणको व्यवस्था मिलाउन आग्रह गरे । संघका अध्यक्ष भुवनकुमार दाहाललगायत पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरु सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन तयार रहेको बताए । नेपाल राष्ट्र बैंकले… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट, नौ अर्ब ८९ करोड बढीकाे काराेबार

काठमाडौं, १५ माघ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर रु नौ अर्ब… पुरा पढौ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, ८ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं, १५ माघ । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ ।… पुरा पढौ

बिहिबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, १५ माघ । साताको पाँचौ दिन आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । बुधबार एकैदिन छापावाला सुन प्रतितोला ७०० ले गिरावट आएको थियो भने ९२ हजार १०० मा कारोबार भएको थियो । महासंघले आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा… पुरा पढौ

एनएमबि लघुवित्तले ६ महिनामा कमायो ७ करोड ७० लाख, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, १५ माघ । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा ५७ प्रतिशतले बढाएको हो । लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब… पुरा पढौ

४ करोडको आईपीओ जारी गर्दै महिला लघुवित्त, कहिलेदेखि खुल्छ आवेदन ?

काठमाडौं,१५ माघ । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।बोर्डबाट स्वीकृत भए पनि कहिलेदेखि निष्काशन गर्ने भन्ने संस्थाले निर्णय गरिसकेको छैन । सम्भवतः यहिँ महिनामा… पुरा पढौ