आर्थिक 📈

राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको मनपरी विरुद्ध नेप्सेको ‘एक्सन’

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीको मनपरी विरुद्ध नेपाल स्टक एक्सचेञ्जले ‘एक्सन’ लिएको छ । लामो समयसम्म वित्तीय विवरण नबुझाएपछि नेप्सेले यी दुबै कम्पनीको शेयर कारोबार नै रोक्का गरिदिएको छ । नेप्सेले आइतवार विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । यी दुवै कम्पनीले नेप्सेले माग गरे बमोजिमको वित्तीय विवरण पेश नगर्दा कारोबार रोक्का गरिएको हो । नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आर्थिक… पुरा पढौ

गरिमा विकास बैंकले ल्यायो ‘मेरो शेयर बचत खाता’, केके पाइन्छ सुविधा ?

काठमाडौं, १८ माघ। गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ याेजना सार्वजानिक गरेको छ । यस अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिने बैंकले जनाएको छ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने छन । वर्तमान अवस्थामा कोभिड १९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी… पुरा पढौ

शेयर बजारमा ५४.७५ अंकको पहिरो, ९ अर्बकाे कारोबार

काठमाडौं, १८ माघ । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु समेत घटेर राताम्मे भएका छन् । कारोबार रकम भने करिब ९ अर्ब नजिक पुगेको छ । दिनभर भएका ९६ हजार १ सय ५६ कारोबारबाट १… पुरा पढौ

आशा लघुवित्तले कमायो ७ करोड १६ हजार नाफा

काठमाडौं, १८ माघ । आशा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमासमा उक्त मुनाफा कमाएको जनाएको छ । गएको वर्ष संस्थाले २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु वर्षको नाफालाई हेर्दा आशा लघुवित्तले १५८.५६ प्रतिशतले नाफा कमाएको देखिन्छ । संस्थाको खुद ब्याज आम्दानी ४१.३५ प्रतिशत रहेको छ भने संचालन मुनाफा ५९१.९६ प्रतिशत रहेको छ । गएको वर्षमा संस्थाले ८ करोड २६ लाख खुद ब्याज आम्दानी… पुरा पढौ

नेपाल फर्निचर तथा फर्निसिङ संघकाे अध्यक्षमा जोशी, वार्षिक ४० अर्बको कारोबार

काठमाडौं, १८ माघ । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । संङको २१औँ साधारणसभा तथा अधिवेशनले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । संघको अध्यक्षमा सुभेन्द्र जोशी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा रहेका छन् ।यस्तै कोषध्यक्षमा सुष्मा लम्साल र सहकोषध्यक्षमा केदारनाथ बस्ताकोटी चयन भएका छन्हुर ।सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलविक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली… पुरा पढौ

ग्रीनलाईफ हाइड्रोको आइपीओ माघ २३ गतेदेखि निष्काशन हुँदै

काठमाडौं, १८ माघ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आइपीओ माघ २३ गतेदेखि निष्काशन हुने भएको छ । ग्रीन लाईफले १९.४२ प्रतिशत शेयर निष्काशन गर्ने स्वीकृति पाएसंगै ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको रुपैयाँ १०० अंकित ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले १ लाख ७४ हजार ८२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । यस्तै ६९ हजार ९२८ कित्ता शेयर कर्मचरीहरुका लागि र ३२ लाख ५१… पुरा पढौ

सिभिल बैंककाे साधारण सभा फागुन ९ मा, के छन् एजेण्डा ?

काठमाडौं, १७ माघ । सिभिल बैंकको साधारण सभा फागुनको ९ गते बोलाईएको छ । बैंकको १० औं साधारण सभा सुन्धारास्थित केन्द्रीय कार्यालयमा अनलाइनमार्फत बोलाईएको बैंकले जनाएको छ । सभा फागुन ९ गते पूर्वान्ह ११ वजे शुरु हुनेछ । साधारण सभामा संचालक समितिले प्रस्ताव गरेको गत वर्ष बैंकले आर्जन गरेको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगदसहित लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ । यस्तै सभामा कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्वीजिसनम जाने भए… पुरा पढौ

६७९ मेगावाट क्षमताकाे तल्लो अरुण जलविद्युत् परियोजनाका लागि एएसजेभिएन छनोट

काठमाडौं, १७ माघ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ । विसं २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना… पुरा पढौ

मुद्रा सटही व्यवसायीको अध्यक्षमा मिश्र

पोखरा, १७ माघ । मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन् । संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा दिपकराज पौडेल, सचिवमा संगीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सवु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित भएको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पर्यटकलाई… पुरा पढौ

महासंघकाे पर्यटन तथा हवाई उड्डयन समितिकाे सभापतिमा ज्योत्सना श्रेष्ठ चयन

काठमाडौं, १७ माघ । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् । समितिका सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा र्रयाडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर रहेका छन्।… पुरा पढौ