आर्थिक 📈

आज पनि घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौैं, १२ माघ । साताको दोश्रो दिन आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ४०० मा काराेबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९२ हजार ६०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्यमा पनि गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९२ हजार १००… पुरा पढौ

कुमारी बैंकको नाफा ५१.४९ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो १ अर्ब २१ करोड, ईपीएसमा पनि सुधार

काठमाडौं, १२ माघ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५१.४९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड ३५ लाख रुपैयाँले बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा… पुरा पढौ

लक्ष्मी लघुवित्तकाे वित्तीय विवरण सार्वजनिक, सूचकहरू सकारात्मक

काठमाडौं, १२ माघ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको संस्थाको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा विभिन्न सूचकहरुमा सुधार देखिएको छ । संस्थाको चालु वर्षको दोश्रो त्रैमासमा २७.५१ प्रतिशत नाफा कमाएको छ । यो वर्षको दोश्रो त्रैमाासमा संस्थाको नाफा ९ करोड ४ लाख भएको छ । गएको यसै समयमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । यो दोश्रो त्रैमासमा संस्थाले २२ करोड ३९ लाख ३६… पुरा पढौ

पूर्वाधारमा ध्यान दिन निजी क्षेत्रको माग

काठमाडौं, १२ माघ । व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव उद्यमी व्यवसायीले दिएका छन् । हाल रेलमा आधारित सुख्खा बन्दरगाह वीरगञ्जको मात्रै भएकाले विराटनगर, भैरहवालगायत भन्सारमा पनि त्यस्तै सुविधा विस्तारमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले विराटनगर र भैरहवा नाका अत्याधिक मात्रामा सञ्चालनमा आएकाले पूर्वाधारमा जोड दिनुपर्ने धारणा राखेका थिए । नेपाल भारत सीमामा बन्दै गरेका एकीकृत जाँच चौकीको निर्माण तत्काल पूरा… पुरा पढौ

प्रदेश २ को दोस्रो चौमासिकसम्मको बिकास खर्च ५ प्रतिशत मात्र

धनुषा, १२ माघ । प्रदेश २ सरकारको चालू आर्थिक वर्षको खर्च न्यून रहेको छ । दोस्रो चौमासिक बित्न लाग्दा अहिलेसम्म पाँच प्रतिशत मात्र खर्च भएको बताइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले कार्यविधि मापदण्डलगायत प्रक्रियाहरु बनाउने अवस्थामा रहेको कारणले खर्च हुन नसकेको बताए । सचिव दाहालका अनुसार बजेट वक्तव्य आएपछि सम्बन्धित मन्त्रालयमा सोझै अख्तियारीमा जाने व्यवस्था गरिए पनि मन्त्रालयबाट समयमा बजेट बाँडफाँट गरेर नपठाउँदा रकम खर्च हुन सकेको हो । प्रदेश २ मा… पुरा पढौ

बजेटको अर्धवार्षिक समीक्षा : रू ५० अर्ब ८२ करोड मात्रै पूँजीगत खर्च

काठमाडौं, ११ माघ । चालू आर्थिक वर्षको आधा समय व्यतीत हुँदा विकास खर्चको अवस्था असाध्यै खराब रहेको छ । अर्थ मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षाअनुसार गत पुस मसान्तसम्म मात्रै रु ५० अर्ब ८२ करोड मात्रै पूँजीगत खर्च भएको छ । यो भनेको १४.४० प्रतिशत मात्रै हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित मन्त्रालयहरुका सचिवको उपस्थितिमा चालू आवको बजेटको समीक्षा गरेका हुन् । समीक्षाअनुसार चालू खर्च रु तीन खर्ब ४२ अर्ब ३६ करोड रहेको छ । त्यो भनेको ३६.०८ प्रतिशत हो । यस्तै… पुरा पढौ

एनसीसी बैंकको उच्च खरिद चाप, ३ दिनभित्र जानकारी दिन निर्देशन

काठमाडौं, ११ माघ । नेपाल स्टक एक्सचेन्जले नेप्सेको कारोबार प्रणालीमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको उच्च खरिदको चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए ३ दिनभित्र जानकारी दिन निर्देशन गरेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर नेप्सेमा सूचिकृत भई बिगत लामो समयदेखि कारोेबार भईरहेको छ । माघ ८ गतेसम्म नियमित तथा सामान्य उतारचढावमा नै धितोपत्र कारोबार भईरहेकोमा आज कम्पनीको उच्च खरिद चाप देखिएकोले मूल्यमा परेको असरका बारेमा जानकारी मागेको हो । पुरा पढौ

नेप्सेमा फेरी नयाँ रेकर्ड, ९ अर्ब ३७ करोड बढीको कारोबार

काठमाडौं, ११ माघ । आज शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ५०.२० अंकले बढेर २४०० अंक पार गरेको छ । नेप्से परिसूचक आज ५०.२० अंकले बढेर २४२४.८४ मा पुगेको हो । नेप्से २.११ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५२.०६ अंमा पुगेको छ । आज २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैया बराबरको… पुरा पढौ

पहिलो दिन सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं, ११ माघ । साताको पहिलो दिन आइतबार आज सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार ९०० सयमा कारोबार भएको छापावाला सुन आज रुपैयाँ ३०० ले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज रुपैयाँ ३०० ले गिरावट आएको हो । चाँदी भने आज शुक्रबारको झैं स्थिर रहेको… पुरा पढौ

हिउँ नपर्दा किसान चिन्तित

मनाङ, ११ माघ । यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भने । विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही… पुरा पढौ