आर्थिक 📈

सहुलियतपूर्ण कर्जाका लागि बैंक र भीमदत्त नगरबीच सम्झौता

कञ्चनपुर, २८ कात्तिक । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । नगरपालिकाले मेयर उद्यमशिलता विकास कार्यक्रमअन्र्तगत नेपाल बैंक लिमिटेडसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको हो । नगरपालिका नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे। नगरपालिकाको सातौं नगरसभाबाट १ सय जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरिए बमोजिम उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड र सेञ्चुरीले बढाउन सकेनन् मूनाफा, अधिकांश सूचक गिरावट

काठमाडौं, २८ कात्तिक । विदेशी लगानीको स्टाण्डर्ड चार्टड बैंक र सेञ्चुरी कमर्शीयल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यि बैंकहरूकाे नाफा घटेकाे हाे ।स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले पहिलो त्रैमासको अन्त्यसम्ममा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७।६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज… पुरा पढौ

हिमालयन र नेपाल एसबीआईले घटाए आम्दानी,धेरै सूचकहरु कमजोर

काठमाडौं, २८ कात्तिक । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका दुई बैंक हिमालयन बैंक र नेपाल एसबीआई बैंकको प्रगति कमजोर देखिएको छ । नाफा घटाएका यि बैंकहरुको अन्य सूचकहरु पनि कमजोर देखिएका छन् । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको आम्दानीसँगै खुद नाफा पनि घटेको देखिएको छ।बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ करोड ८३ लाख रुपैयाँ… पुरा पढौ

चिज उद्योगमा काेराेनाकाे असर, व्यवसायी मारमा

मङ्गलबारे, २८ कात्तिक । कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए । नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ । लकडाउन र महामारीको शुरुआती अवस्था अर्थात चार महिना खासै… पुरा पढौ

कसरी भयाे ११ अर्ब बेरुजु ?

काठमाडौं, २७ कात्तिक । आर्थिक वर्ष २०७६/७७ काे सरकारी खर्चमा कूल ११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ।आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु समेटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक मधुकुमार मरासिनीले बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएका हुन्। प्रतिवेदन अनुसार बेरुजु रकम कूल बजेट निकासा र खर्चको तुलनामा १.०४५ देखिएको छ । आव २०७६-०७७ मा नेपाल सरकारका कूल तीन हजार १७६ कार्यालयको विभिन्न १४ हजार ३६८ कार्यक्रमको आन्तरिक लेखापरीक्षणको कार्य सम्पन्न गरिएको छ । एकीकृत प्रतिवेदन अनुसार कूल निकासा… पुरा पढौ

नेप्से दोहोरो अङ्कले वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौं, २७ कात्तिक । साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद… पुरा पढौ

पोखरामा १ करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बन्ने

पोखरा, २७ कात्तिक । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार/पाँच हजार किलोलिटर क्षमताका दुई… पुरा पढौ

सुनको मूल्य ताेलामा २०० रुपैयाँ घट्यो

काठमाडौं, २७ कात्तिक । आज सुनको मूल्यमा थोरै गिरावट भएको छ । बुधबार प्रतितोला ९४ हजार ९०० मा कारोबार भएको छापावाला सुन आज तोलामा २०० रुपैयाँ घटेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला २०० रुपैयाँ घटेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार १९० मा कारोबार… पुरा पढौ

ग्लोबल आइएमईको नाफा अर्ब नाघ्यो, वितरण योग्य मुनाफा २२ करोड

काठमाडौं, २७ कात्तिक । ग्लोबल आइएमई बैंक ले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनाम ३० करोड ५६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब… पुरा पढौ

प्रभु बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, २७ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५।२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख… पुरा पढौ