म्याग्दी, १ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङमा ४२ मेगावाट क्षमताकाे मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेकाे छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताएका छन् । ‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’’ उनले भने, ‘‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर…
पुरा पढौ