आर्थिक 📈

सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

काठमाडमाौं, १८ कात्तिक । सोमबार स्थिर रहेको सुनको मूल्यमा आज वृद्धि भएको छ । साथै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ४०० रुपैयाँ बढेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार र सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी ५… पुरा पढौ

माछापुच्छ्रे बैंकले ल्यायो सरल सुविधा, सञ्चय कोषको ऋण बैंकबाटै तिर्न सकिने

काठमाडौं, १८ कात्तिक। अब कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंक मार्फत सहजै भुक्तानी गर्न सक्ने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकले जनाएको छ। यो व्यवस्था लागु भएसँगै कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ।बैंकको हाल १ सय ६० वटा शाखाहरु, १ सय ३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय… पुरा पढौ

ज्योति लााइफले २६ करोडले बढायो बीमा शुल्क, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, १८ कात्तिक । ज्योति लााइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले व्यवसाय विस्तारबाट बीमा शुल्क संकलनलाई ९८.७९ प्रतिशत अर्थात २६ करोड १० लाख रुपैयाँले बढाएको हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २६ करोड ४२ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो । यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड ८३ लाख रुपैयाँ र बीमालेख धितोमा ३७ करोड १० लाख रुपैयाँ लगानी गरी ७८… पुरा पढौ

माउण्टेन इनर्जीले आगामी २६ गतेदेखि १९ करोडको आईपीओ जारी गर्ने

काठमाडौं, १८ कात्तिक । माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो । यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको… पुरा पढौ

दीपावली अघि इदी-मर्दी हाईड्रोको सर्वसाधारणका लागि शेयर निष्काशन हुँदै

कास्की, १८ कात्तिक । यूनाइटेड इदी मर्दी एण्ड हाइड्रो पावरले दीपावली अघि सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियको लागि आइपिओ निष्काशन गरिसकेको छ । अब दीपावली अगाडी सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलबाट सोमबार स्थानियका लागि शेयर बाँडिएको छ । ४ लाख २० हजार कित्ता निष्काशन गरिएकोमा १ लाख ७६ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । माग बमोजिमको आवेदन नपरेपछि आवेदकले मागे अनुसार… पुरा पढौ

आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थ मन्त्रालयले सहयोग गर्ने

काठमाडौं,१७ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अधिवृद्धिका लागि सहयोग गर्ने बताएका छन् । सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र अग्रज आर्थिक पत्रकारहरुको भेटमा अर्थमन्त्रीले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन् । उक्त कार्यक्रममा नाफिजको तर्फबाट अर्थ मन्त्रालयले यो विषम परिस्थितिमा खेल्नुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिका बारेमा सुझाव दिइएको थियो । नाफिजले सञ्चारक्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्नुपर्ने १९ बुँदे सुझावपत्र समेत पेश गरेको छ । उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक… पुरा पढौ

आर्थिक सङ्कटलाई पार लगाउन महासङ्घमा दरिलो नेतृत्व आवश्यक: उपाध्यक्ष ढकाल

काठमाडौँ, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण सङ्कटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासङ्घको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् । ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकाले सम्भावित आर्थिक सङ्कटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासङ्घमा दरिलो नेतृत्व आवश्यक रहेको बताए । आज काठमाडौँमा उनको टिमका पदाधिकारीसहितका उम्मेदवारसँगको अन्तक्र्रियामा उनले… पुरा पढौ

नेप्से ३.३३ अंकले घट्यो, २ अर्ब ४५ करोड बढीको कारोबार

काठमाडौं, १७ कात्तिक । नेप्से परिसूचक आज ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा झरेर रोकिएको छ ।आज १९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आजमात्र ६९ लाख हजार ३७ हजार भन्दा बढी शेयर कित्ता खरिद बिक्री भएको छ । १२ वटा समूहमध्येमा ८ वटा समूहको सूचक हरियो भएको छ भने बाँकि राता भएका छन् । आज सबैभन्दा बढी माइक्रोफाइनान्स समूह ६२.३ अंकले बढेको छ । वाणिज्य बैंकको समूह भने ११.६२ अंकले खुम्चिएको छ । शिव… पुरा पढौ

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

कठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले कात्तिक २० गते २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने जानकारी गराएको छ । बैंकले निष्काशन गर्न लागेको विकास ऋणपत्र २०८७ 'घ' को समयावधि १० वर्षका लागि रहेको छ । सरकारलाई आवश्यक रकम जुटाउन केन्द्रीय बैंकले बिक्री गर्न लागेको विकास ऋणपत्र खरिद गर्नका लागि बैंक, बित्तीय संस्था, बीमा कम्पनी, गैर बैंक, संगठित संस्था र नेपाली नागरिकले राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागमा आवेदन गर्न गर्नुपर्ने छ । ऋणपत्र खरिद गर्नका लागि खरिदकर्ताहरु प्रतिष्पर्धा… पुरा पढौ

आज सुनको मूल्य स्थिर,चाँदी प्रतितोला १० रुपैया बढ्यो

काठमाडौं, १७ कात्तिक । सुनको मूल्य सोमबार स्थिर रहेको छ । आईतबार छापावाला सुन प्रतितोला ९५ हजारमा कारोबार भएकोमा आज सोहि मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज तेजाबी सुन प्रतिताेला ९४ हजार ५ सयमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने प्रतितोला १० रुपौयाँ बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ । आईतबार चाँदी प्रतितोला १ हजार १९५ मा कारोबार भएको थियो । पुरा पढौ