आर्थिक 📈

जलविद्युत पत्रकार समाज गठन, राष्ट्रिय अध्यक्षमा पाेखराका कोइराला चयन

पोखरा, १७ कातिक। जलविद्युत क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देशभरका पत्रकारहरुको भेलाले पाेखराका भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष दिपक ज्ञवाली (रुपन्देही), महासचिवमा ज्ञानेन्द्र निरौला (झापा), सचिवमा कृष्ण दवाडी (कास्की), कोषाध्यक्षमा तारा चापागाईं (कास्की) चयन भएका छन् । यस्तै, सदस्यहरुमा मिलन विश्वकर्मा (काठमाडौं), बलराम बुढाथोकी (काठमाडौं), अक्कल कुँवर (काठमाडौं), प्रतिक इच्छुक शर्मा (सल्यान), अनिता घिमिरे (कास्की) चयन भएका छन् । एक… पुरा पढौ

सङ्घीय जलविद्युत नीति आवश्यक: मुख्यमन्त्री गुरुङ

कास्की, १७ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सङ्घीय सरकारले तत्कालै जलविद्युत सम्बन्धी नीति बनाउन आवश्यक रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माणाधीन २५ मेगावाटको क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्दै उनले जलविद्युत नीति बनाएर सङ्घ, प्रदेश र स्थानीय सरकारको दायित्व र अधिकार सुनिश्चित गर्नुपर्ने बताए । पाँच मेगावाटसम्मको आयोजनालाई स्थानीय तह र पाँचदेखी २५ मेगावाटसम्म आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन उनले माग गरे। मुख्यमन्त्री गुरुङले भने,“प्रदेश सरकारलाई जिम्मेवारी दिए आवश्यक प्रक्रियालाई सरल र सहज… पुरा पढौ

मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनमा सबैको सार्थक सहयोग जरुरी:गभर्नर अधिकारी

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिएकाे सन्दर्भ जोड्दै गभर्नर… पुरा पढौ

नेप्से ४.७२ अंकले घट्यो,कारोबार ३ अर्ब नजिक

काठमाडौं, १६ कात्तिक । याे हप्ताकाे पहिलाे दिन आज नेप्से ४.७२ अंकले घटेकाे छ । दशैंकाे बिदा सकिएपछि खुलेको शेयर बजारमा पहिलो दिनमै नेप्से ४१ अंकले वृद्धि भएको थियो । त्यसपछि बिहिबार १.७८ अंकले घटेको थियाे । आज ४.७२ अंकले घटेर नेप्से १६४०.९६ विन्दुमा आएको छ । आज शेयर बजारको कारोबार झण्डै ३ अर्ब रुपैयाँ नजिक पुगेको छ । १९६ वटा कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता शेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार रुपैयाँमा… पुरा पढौ

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौं, १६ कात्तिक । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार रूपैयाँमा काराेबार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ५ सयले बढेर ९४ अजार ५ सयमा कारोबार भएको छ । यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी तोलाको ११ सय ९५ रुपैयाँमा काराेबार… पुरा पढौ

अर्थतन्त्र भी आकारमा पुन:स्थापित हुन्छ, सबैले मेहनत गरौं- अर्थमन्त्री पौडेल(विशेष अन्तरबार्ता)

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड– १९ का कारण फेरि यतिखेर अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ । पार्टीभित्र होस् वा… पुरा पढौ

राष्ट्र बैंकले मुद्यती निक्षेपमा २५ करोड २६ लाख लगानी गर्दै

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २५ करोड २६ लाख रुपैयाँ मुद्यती निक्षेपमा लगानी गर्ने बताएको छ । उक्त रकम २०७७ मंसिर २ गतेदेखि २०७८ कात्तिक ३० सम्म ३६५ दिनका लागि मुद्यती निक्षेपमा लगानी गर्न लागेको आज प्रकाशित सूचनामा जनाएको छ । बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी क बर्गका वाणिज्य बैंकहरु, ख बर्गका राष्ट्रिय स्तरका विकास बैंकहरु र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुलाई तोकिएको अवधिमा शिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने जनाएको छ… पुरा पढौ

सुनको मूल्य तोलामा २०० घट्यो

काठमाडौं, १४ कात्तिक । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार सुनको मूल्य प्रतितोला एक हजार घटेको थियो । आज चाँदीको मूल्य स्थिर रहेको महासंघले बताएको छ । चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ११.८४ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ११.८४ प्रतिशत लाभांश दिने बिहिबारको सञ्चालक समिति बैठकले निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट ७ प्रतशित बोनस तथा करसहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको आगामी साधारण सभाबाट पारित भएपछि तथा राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभांश वितरण हुनेछ । पुरा पढौ

अपि पावरको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला

काठमाडौं, १४ कात्तिक । अपि पावर कम्पनीले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ताको बिक्री खुल्ला गरेको हो । कम्पनीको हकप्रद शेयर बिक्रीका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । यसका लागि सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट मंसिर ४ गतेसम्म आवेदन दिन सकिने भएको छ । एक अर्ब १९ करोड ७ लाख चुक्ता पूँजी… पुरा पढौ