काठमाण्डौं, २१ असाेज । सन सेक्युरिटिजले इस्लिङ्टन कलेजमा आयोजना गरेकाे १ महिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ । भदौ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो । विद्यार्थीहरूलाई शेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता मार्फत सहभागीहरूले सिमुलेसन प्लेटफर्ममा शेयर खरिद तथा बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेका थिए । प्रतियोगिताको अवधिभर विद्यार्थीहरूले बजारका गतिविधि तथा कम्पनीहरूको प्रदर्शनलाई विश्लेषण गर्दै विभिन्न…
पुरा पढौ