आर्थिक 📈

ऊर्जा कम्पनीको आईपीओ र हकप्रद सहज बनाउन इप्पानको माग

काठमाडौं, २१ असाेज। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा कम्पनीहरूको आईपीओ तथा हकप्रद सेयर निष्काशनमा भइरहेको ढिलाइ अन्त्य गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) को विद्यमान व्यवस्था र कार्यप्रणालीमा व्यापक सुधार गर्न सरकारसँग माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रसँग मागेको सुझावका क्रममा इप्पानले धितोपत्र बोर्डसँग सम्बन्धित विषयमा छुट्टै सुधार प्रस्ताव पेस गरेको हो। आयोजना निर्माण सम्पन्न भएर विद्युत् उत्पादन सुरु भएपछि मात्र आईपीओ निष्काशन गर्न पाउने कार्यविधि ऊर्जा क्षेत्रका लागि व्यावहारिक नभएको भन्दै इप्पानले निर्माणकै क्रममा… पुरा पढौ

‘पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर’ सम्पन्न

ललितपुर, २१ असाेज। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा दुईदिने 'पोलिसी डायलग अन इभिजन नेपालः ड्राइभिङ द फ्युचर' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। फोटोन नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, अनुसन्धानकर्ता, उद्योग विशेषज्ञ, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पोलिसि तथा इकोनोमी, उद्योग तथा पुर्वाधार, सुरक्षा तथा दिगोपन र युवा तथा नवप्रवर्तनलाई मुख्य थिम बनाएर ईभीको वर्तमान अवस्था, नीतिगत सुधार, चार्जिङ पूर्वाधार, सुरक्षा, ब्याट्री व्यवस्थापन, वित्तीय प्रोत्साहन, सीप विकास… पुरा पढौ

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेलाको बढुवा

काठमाडौं, २० असोज। ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बुद्धि अकेलाको बढुवा भएको छ । उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत छन। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन। आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकले सुधार, ३ अर्ब १३ करोडकाे काराेबार

काठमाडौं, २० असाेज। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा यस दिन भने सामान्य अंकको वृद्धि देखिएको हो। मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.०० अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले धनात्मक रहेका छन्। नेप्से बढे पनि कारोबार रकम घट्यो परिसूचकमा सुधार आए… पुरा पढौ

बाढीका कारण नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २० असोज। गत भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर सुस्त भई ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (Building Back Differently for the Future) मा बाढीबाट भएको व्यापक क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिका लागि मुख्य बाधक बन्ने उल्लेख छ। आगामी वर्ष ५.२ प्रतिशत पुग्ने अपेक्षा पुनर्निर्माण… पुरा पढौ

विदेशमा उपचारदेखि सफ्टवेयर निर्यातसम्म राहत: राष्ट्र बैंकद्वारा विदेशी मुद्रा सटही सीमा दोब्बर

काठमाडौं, २० असाेज। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थालाई थप खुकुलो र व्यावहारिक बनाउँदै ‘विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२’ मा महत्त्वपूर्ण संशोधन गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गरेको यो संशोधनसँगै वैदेशिक उपचार, सूचना प्रविधि (IT) तथा अनलाइन सेवा निर्यातकर्ता, वित्तीय संस्था र उद्योगी-व्यवसायीहरूले पाउने विदेशी मुद्रा सुविधा उल्लेख्य रूपमा बढेको छ। स्वास्थ्य उपचारका लागि सटही सुविधा दोब्बर नयाँ व्यवस्थाअनुसार विदेशमा स्वास्थ्य उपचार गराउन जाने नेपाली नागरिकहरूले अब वार्षिक ३० हजार अमेरिकी डलर सम्म सटही सुविधा पाउनेछन्। यसअघि… पुरा पढौ

सुनको भाउ स्थिरः चाँदीको घट्यो

काठमाडौं, २० असोजः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो । पुरा पढौ

जलवायुजन्य विपद्का कारण २ खर्ब २७ अर्बको क्षति, तत्काल पुनर्निर्माणमा ६३ अर्ब बजेट माग

काठमाडौं, २० असाेज। पछिल्लो समय देशका विभिन्न भू-भागमा आएको बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा करिब २ खर्ब २७ अर्ब रुपैयाँ (१.४८ बिलियन डलर) बराबरको प्रारम्भिक क्षति पुगेको छ। सिंहदरबारमा आयोजित 'हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्' सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन्। उनले क्षति पुगेका पूर्वाधारको तत्काल पुनःस्थापना र पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको जानकारी दिए। कुन क्षेत्रमा कति भयो क्षति… पुरा पढौ

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौं, २० असोज। अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबीच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार र बिमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गर्नुभएको अर्थमन्त्री वाग्लेको निजी… पुरा पढौ

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन, २० असोज। उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सभापति लामिछानेलाई भेटेर नारायणी… पुरा पढौ