आर्थिक 📈

प्रभु बैंककाे ३१२औं शाखा दार्चुलामा खुल्याे

काठमाडाैं, १८ फागुन । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा ३१२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको बताएकाे छ । बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ । बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको… पुरा पढौ

प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न सुझाव

काठमाडौं, १८ फागुन । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । मन्त्रालममा आज आयोजित कार्यक्रममा पूर्वसचिवहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैँची चलाउन र ठूला आयोजना निर्माणमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन । त्यस्तै वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागलाई उत्तरदायी बनाउन, तीनवटै तहबीच समन्वय बढाउनुपर्नेलगायत सुझाव दिइएको छ । चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनामा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन् ।… पुरा पढौ

नेप्सेमा ७५.२४ अंकको उछाल, १४ अर्ब बढीकाे कारोबार

काठमाडौं, १८ फागुन । लामो समयपछि नेप्सेमा भारी अंकको बृद्धि देखिएको छ । कारोबार रकम पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रकाशमा ल्याएपछि सकारात्मक बनेको शेयर सकारात्मक बनेको छ । मौद्रिक नीतिको प्रभावको कारण नै शेयर बजारले उकालोको यात्रा तय गर्नुको मुख्य कारण रहेको शेयर बजारमा जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १४.४७ अंकले बढेर ४८४.३० विन्दुमा… पुरा पढौ

आईतबार सुनचाँदीकाे भाउ बढेन

काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ शुक्रबारकै कायम भएर कारोबार भईहरहेको जनाएको छ । छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार… पुरा पढौ

दूध बेचेर मासिक रु एक लाख बचत गर्दै सापकोटा

गलकोट (बागलुङ), १८ फागुन । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन्। बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् । निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बने। बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक… पुरा पढौ

यस्तो छ आज ताेकिएको तरकारी र फलफूलको भाउ

काठमाडौं, १८ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा… पुरा पढौ

७ महिनामा साढे ८ अर्बकाे धान चामल आयात

वीरगञ्ज, १८ फागुन । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ। गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार… पुरा पढौ

बजेट क्यालेण्डर तयार, करिब १९ खर्बकाे बजेट लेखिँदै

काठमाडौं, १७ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध… पुरा पढौ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं, १७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा… पुरा पढौ

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्यकाे कति ?

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर… पुरा पढौ