आर्थिक 📈

डिजेल र मट्टीतेलको भाउ घट्याे, अन्यकाे यथावत्

काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको जनाएकाे छ । निगमले आजदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हाे । शुक्रबार बसेको आयल निगम संचालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको हाे । निगमले भारतीय आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । निगमले घटेकाे भाउ अनुसार नेपालमा मूल्य समायाेजन गरेकाे हाे । उसाे त निगमले हरेक १५ दिनमा पेट्राेलियम पदार्थकाे… पुरा पढौ

सुनमा रु २२ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २२ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३० ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५… पुरा पढौ

मुस्ताङमा पुँजीगत खर्च निराशाजनक

मुस्ताङ, १६, फागुन । यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम छ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ । जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो । सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरतालगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन… पुरा पढौ

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक

हेटौँडा (मकवानपुर), १६ फागुन । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा… पुरा पढौ

कुमारी सहकारी रकम हिनामिना प्रकरण : १ अर्ब १३ करोड बिगो दाबी, २५ जनाविरूद्ध मुद्दा दर्ता

म्याग्दी, १६ फागुन । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो । सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणवापतको रकम, नेपाल सरकारको राजस्वसमेत… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्सले ३०औं वर्ष प्रवेशको अवसरमा गर्यो रक्तदान कार्यक्रम

काठमाडौं, १५ फागुन । प्रोग्रेशिभ फाइनान्स लिमिटेड २०८१ फागुन १४ गतेदेखि ३०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फाइनान्सले पाटन सुन्धारामा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्टार हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रक्तदाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा फाइनान्सका कर्मचारीहरु समेतको सहभागीतामा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सो अवसरमा प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनले व्यवसायिक कृयाकलाप सँगसँगै यस प्रकारका सामाजिक गतिविधिहरुलाई पनि अगाडी बढाउन सकेकोमा खुशी प्रकट गरेका थिए । फाइनान्सका प्रमुख कार्यकारी… पुरा पढौ

नेप्सेमा ४९.१५ अंकको बृद्धि, ११ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, १५ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेको हरियाली वातावरणले लगानीकर्ताहरलाई उत्साही बनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८१÷०८२ को अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि शेयर बजारले त्यतिधेरै प्रतिकुल नमानेपछि सकारात्मक सुधारका संकेतहरु देखिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झण्डै ५० को घेरो नजिक पुगेको छ । कारोबार रकम पनि केहि बढेको छ । नेप्सेमा ४९.१५ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २९१५.०४… पुरा पढौ

गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

म्याग्दी, १५ फागुन । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए। उनका अनुसार गत आव २०८०/८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी… पुरा पढौ

लाभांश र हकप्रदकाे प्रस्ताव अनुमाेदन गर्न युनाईटेड इदी मार्दीले डाक्याे साधारण सभा

काठमाडाैं, १५ फागुन । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश तथा हकप्रद शेयर जारी गर्नका लागि प्रस्ताव अनुमाेदन गर्न १५ औँ साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । साधारण सभा पाेखरा १७ घारिपाटनमा रहेकाे आभ्या क्लबमा यही चैत ११ गते बोलाइएको छ । साे सभा पूवान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ४ प्रतिशत बोनसशेयर तथा कर प्रयोजनका लागि ०.२११ प्रतिशत… पुरा पढौ