आर्थिक 📈

यस्तो छ आजको तरकारी र फलफूलको भाउ

काठमाडौं, १३ फागुन । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल)… पुरा पढौ

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्धन्

बनियानी (झापा), १३ फागुन । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उनले बताए । “विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार… पुरा पढौ

बिमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं, १३ फागुन । बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरिएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष नियुक्तिका लागि गठन गरिएकाे सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम सिफारिस गरेका थियो । उनीहरुमध्ये ओझालाई अध्यक्षमा नियुक्त गरिएकाे हाे । ओझाकाे पृष्ठभूमि पत्रकारिता हाे । उनले अध्यापन गर्दै आएका छन्। पुरा पढौ

अमेरिकी डलरको भाउ घट्याे, अन्यकाे कति ?

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । के न्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय… पुरा पढौ

धवलागिरिमा १३ जलविद्युत आयोजना भित्रिए

म्याग्दी, १३ फागुन । धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास… पुरा पढौ

बजार माग र लागत बढ्दा अण्डाको भाउ पनि बढ्यो

चितवन, १३ फागुन । आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु… पुरा पढौ

ट्रम्पले यूएसएडकाे लगानी ‘फ्रड’ भनेपछि अर्थ मन्त्रालयले दियाे यस्ताे जवाफ

काठमाडाैं, १२ फागुन । अर्थ मन्त्रालयले हालैका दिनहरूमा अमेरिकी सहयोग नियोग (USAID) बाट नेपालमा सञ्‍चालन भएका कार्यक्रमहरुको बारेमा विभिन्न सञ्‍चार माध्यम र सामाजिक सञ्‍जालमा आएका समाचार र टिप्पणीहरूका बारेमा ध्यानाकर्षण भएको जनाएकाे छ।   मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीले साेमबार एक बिज्ञप्ती प्रकाशित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका कार्यक्रमहरू डिजाइनकाे चरणमा रहेका जनाइएकाे छ । त्यसका लागि अनुदान प्राप्त नभएकाे उल्लेख गरिएकाे छ । केहिदिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा यूएसएडले गरेकाे लगानी 'फ्रड' भएको बताएपछि यसका बारेमा निकै… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, ११ अर्बको कारोबार

काठमाडौं, १२ फागुन । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएकाे छ । काराेबार सन्ताेषजनक रहेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा रहेको छ । नेप्सेमा ०.१२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ४५९.२५ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको… पुरा पढौ

केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाइदै

वालिङ (स्याङ्जा), १२ फागुन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए। फाइबरका लागि… पुरा पढौ