आर्थिक 📈

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

धरान (सुनसरी), १४ फागुन । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउछन्। उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन्। “पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा… पुरा पढौ

इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

हेटौँडा (मकवानपुर), १४ फागुन । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ । तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरु गरे। वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गरेका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका छन्। साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौँमा ट्याक्सी… पुरा पढौ

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । गएकाे वर्षमा माघकाे २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आएकाे थियाे । मौद्रिक नीतिको समीक्षामा  इभीकाे लाेन टु भ्यालू रेसियाे ६० प्रतिशत कायम गरिएकाे छ । यही सयममा अर्थमन्त्री विष्णु पौडेल पाेखरा भ्रमण वर्षकाे उद्घाटन गर्दा बेलुन पड्केर घाइते भएपछि र अर्थमन्त्रालयमा सचिवकाे हेरफेर हुँदा ढिलो भएकाे हाे । 638761079515873742Download पुरा पढौ

राष्ट्रिय कृषि कम्पनीको पहिलो रणनीतिक बैठक सम्पन्न

चितवन, १३ फागुन । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्नो पहिलो रणनीतिक बैठक यही फागुन ११ र १२ गते भरतपुर, चितवनमा सम्पन्न गरेको छ । बैठकमा कम्पनीका सञ्चालक समिति सदस्यहरू, व्यवस्थापन टोली र कर्मचारीहरूबीच कम्पनीको सञ्चालनलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति तय गर्ने विषयमा छलफल गरिएको छ । रुपैयाँ ५० करोड अधिकृत पूँजी रहेको कम्पनीको संचालनलाई व्यवस्थित र प्रभापकारी बनाउने दीर्घकालिन रणनीति तय गर्ने, कम्पनीलाई कृषि क्षेत्रमा आदर्श कम्पनीको रुपमा स्थापित गर्ने र कृषि क्षेत्रमा नेतृत्व विकास गरी नेपालको कृषि… पुरा पढौ

नेप्सेमा ७.१३ अंकको बृद्धि, करिब १० अर्बको कारोबार

काठमाडौं, १३ फागुन । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम अघिल्लो दिनकोभन्दा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२५ प्रतिशतmे बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले बढेर ४६०.०६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ… पुरा पढौ

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा रु ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ… पुरा पढौ

उत्पादनमुखी कार्यका लागि मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने

महोत्तरी, १३ फागुन । मधेशका पशुपंक्षी पालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेशका एक सय ७९ किसान समूहलाई दुई अर्ब अनुदान उपलब्ध गराउने प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषि र उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले अनुदान दिन लागिएको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए। कार्यालयले प्रदेशका आठवटै जिल्लाका किसान समूह छनोट गरेको छ । ती किसान समूहमा… पुरा पढौ

कैलालीमा केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दै

टीकापुर, १३ फागुन । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेशा उत्पादन गरेर त्यसबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण गर्ने गरिएको छ । सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार एक वर्षदेखि… पुरा पढौ

सात महिनामा १ खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), १३ फागुन । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए। “पूर्वाधार निर्माणको सिजन… पुरा पढौ

सुनको भाउ बढ्याे, चाँदीको घट्यो

काठमाडौं, १३ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सयले बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ… पुरा पढौ