आर्थिक 📈

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ३२ पैसा… पुरा पढौ

प्रतिष्ठान र परिसङ्घबीच सहकार्यको समझदारी

काठमाडौं, ९ फागुन । नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गरे। हस्ताक्षरपछि उनीहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त… पुरा पढौ

वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी (पूर्णविवरण)

काठमाडौं, ९ फागुन । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ । उक्त मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन कारोबारमा भए÷नभएको एकिन गर्नुपर्नेछ । यस्तै, सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार… पुरा पढौ

भन्सार चलाउन स्वविकेकीय अधिकार चाहिन्छ !

काठमाडौं, ८ फागुन । भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने आश्यकता औँल्याइएको छ । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रक्रिया विकेन्द्रित रुपमा परिचालित भएकाले सम्बन्धित अधिकारीलाई अधिकार प्रत्यायोजित नगर्ने हो भने कार्य सम्पादन गर्न चुनौती हुने धारणा राखे। सचिव घिमिरेले भने, “अन्तर्राष्ट्रिय रुपमा व्यपार सहजीकरण गर्ने विन्दु भन्सार भएकाले केन्द्रिकृत हिसाबले त्यस्ता अधिकार राख्दा व्यापारिक सहजीकरणको मूल उद्देश्यको प्रतिबद्धताअनुरुप अघि बढ्न चुनौती हुन्छ । त्यसैले… पुरा पढौ

मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व

भद्रपुर (झापा), ८ फागुन । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै… पुरा पढौ

सुनको तोलाको १ लाख ७१ हजार पुग्याे, चाँदीमा पनि बृद्धि

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएकाे छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १… पुरा पढौ

क्रेस्ट माइक्रो लाइफकाे फागुन २२ गतेदेखि आईपीओ आउदै

काठमाडौं, ८ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका शेयर निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेकाे हाे । कम्पनीले रुपैयाँ २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएमा रुपैयाँ २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनपछी बाँडफाँड भइसकेकाे छ। कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता तथा… पुरा पढौ

एनएमबि हाईब्रिड फण्ड एल २ मा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ८ फागुन । एनएमबि  क्यापिटलले बिक्रीमा ल्याएकाे दुईवटा फण्डकाेका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष तथा, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन खुलाएकेा थियाे । प्रतिइकाई १० रुपैयाँ मूल्यकाे रुपैयाँ १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी याेजना हो। याे एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । यसमा एक करोड ६८… पुरा पढौ

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक

तनहुँ, ८ फागुन । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा… पुरा पढौ

बाँझो रहेकाे तीन सय रोपनी जग्गामा ओखरखेती सुरू

गलकोट (बागलुङ), ८ फागुन । बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ । नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए। तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण… पुरा पढौ