आर्थिक 📈

बजार जानु पहिले तरकारी र फलफूलको भाउ बुझौं

काठमाडौं, २४ पुस । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ९०, गाजर… पुरा पढौ

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ पुस । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस २१ गतेदेखि आइपीओमा खुलाएकाे थियाे ।  सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा रुपैयाँ १८ करोड ४५ लाख बराबरको १८ लाख ४५ हजार कित्ता शेयर खुलाइएकाे थियाे । कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर खुलाउन सेबाेनबाट अनुमति लिएकाे थियो ।  यसमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ लाख २५ हजार कित्ता बिक्री भइसकेकाे छ । ६७ हजार ५००… पुरा पढौ

स्थानीय कृषिउपज र पर्यटन प्रवर्द्धनका लागि तनहुँ महोत्सव

डुम्रे (तनहुँ), २४ पुस । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सहआयोजनामा यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म व्यास नगरपालिका–३ बिपी वनबाटिकामा नवौँ तनहुँ महोत्सव गरिने भएको हो । महोत्सवमा कृषिउपज प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायत समस्याले गर्दा जमिन बाँझिनेक्रम… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६० पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ३६ पैसा, स्वीस… पुरा पढौ

नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौं, २४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान… पुरा पढौ

साना किसानको १४ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, २४ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०÷८१ मा १९ दशमलव… पुरा पढौ

पुस २५ देखि हुने पाेखरा महोत्सवको तयारी पुरा

पोखरा, २३ पुस । यहि पुस २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणसंगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा… पुरा पढौ

बाह्य सहयोग बढाउन प्रगतिशील विकास नीति जारी हुँदै

काठमाडौं, २३ पुस । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले विकास सहायता परिचालनको अनुभव, सिकाइका आधारमा यस क्षेत्रलाई व्यवस्थित, प्रभावकारी बनाउन र उपलब्ध अवसरलाई उपयोग… पुरा पढौ

नेप्सेमा झिनाे अङ्ककाे सुधार, ५ अर्ब ३८ कराेडकाे काराेबार

काठमाडौं, २३ पुस । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मङ्गलबार नेपाली शेयर बजारमा सामान्य सुधार भएकाे छ । आज नेप्से ६ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ । आजको… पुरा पढौ

ङादी ग्रुप पावरको हकप्रदमा आजदेखि आवेदन खुला

काठमाडौं, २३ ङादी ग्रुप पावरले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गरिएकाे हो। कम्पनीले १ कित्ता बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेकाे हाे । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद खुलाएकाे हाे । प्रतिकित्ता अंकित दखर रुपैयाँ १ सय रहेकाे छ । हकप्रद शेयर बिक्री प्रयाेजनका लागि… पुरा पढौ