आर्थिक 📈

अन्नपूर्ण गाउँपालिकामा मौरी पालन तालिम शुरु

पोखरा, २२ पुस । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ । तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा पुस २१ गते आइतबार बाट शुरु भएको छ । तालिम ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन हुने शिक्षालयका प्रमुख बिकल अधिकारी जानकारीले दिए। उहाँले तालिम यस अगाडि पनि सञ्चालन गदै आइरहेको बताउदै यस्ता तालिमा लाई निरन्तरता दिइने उल्लेख गर्दै बिद्यार्थीहरुलाई स्वरोजगार बन्न सहयोग पु¥याउने बताए। कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि… पुरा पढौ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे शेयरमा ३.४३ गुणा बढी आवेदन पेश

काठमाडौं, २२ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे शेयर (आईपीओ) खुलेकाे दिनमै आईतवार ३.४३ गुणा बढि आवेदन पेश भएकाे यद्यपि आवेदन दिने अवधि पुस २४ गतेसम्म रहेकाे छ । आज बिहानसम्म आईपीओमा ४ लाख ४५ हजार ५६९ जनाले आवेदन दिइसकेका छन्। सीडिएस एण्ड क्लियरिङ लिमिटेडले ६३ लाख ३० हजार ८०० कित्ता शेयर माग गरेकाे जनाएकाे छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशनकाे अनुमति पाएका थियाे । यसमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको… पुरा पढौ

तरकारी र फलफूलकाे आजको भाउ कुनकाे कति ?

काठमाडौं, २२ पुस । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४८, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई)… पुरा पढौ

नेपाल प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौं, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूराे बढ्याे, अन्यकाे कति ?

काठमाडौ‌, २२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा… पुरा पढौ

स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार

बागमती, २१ पुस । मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादिन वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो । “पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन्”, स्थानीय सुमन चेपाङले भने, “गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।” यसले कृषकद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन्… पुरा पढौ

सुन ताेलामा रू १५ सयले गिरावट, चाँदीकाे भाउ स्थिर

काठमाडौं, २१ पुसः । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आईतवार नेपाली बजारम सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर देखिएको… पुरा पढौ

कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ साधारणसभा सम्पन्न

पुस २१, हेमजा । कास्की बचत तथा ऋण सहकारी संघ लि.को २४ औँ वार्षिक साधारण सभा एवं रमाइलो  वनभोज कार्यक्रम पोखरा २५ हेमजामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार  भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। सोही अवसरमा सहकारी अध्यादेशको नयाँ व्यवस्था बारे थप प्रस्ट पारे। कार्यक्रमकाबिच जिल्ला सहकारी संघ लि.कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि र को–अपरेटिभ म्यानेर्जस… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क… पुरा पढौ

यस्तो छ तरकारी र फलफूलको आज ताेकिएकाे भाउ

काठमाडौं, २१ पुस । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ४५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ५०, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ११०, गाजर… पुरा पढौ