आर्थिक 📈

नेप्सेमा करेक्सन, कारोबार ९ अर्ब १३ करोडमा सिमित

काठमाडौं, १९ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स २.१८ अंकले घटेर ४६९.०३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा राताको लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ३ लाख ३२ हजार ६६… पुरा पढौ

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

बेइजिङ, १९ मङ्सिर । चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी)को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भने।… पुरा पढौ

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ (ताप्लेजुङ), १९ मङ्सिर । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको उत्पादन परीक्षण एक सातासम्म सञ्चालन गरी सफल भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं, १९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महाँसंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको… पुरा पढौ

गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयर आजदेखि खुला

काठमाडौं, १९ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको शेयरमा आजदेखि आवेदन खुल्ला गरिएकाे छ । शेयरमा वैदेशिक राेजगारमा गएका नेपालीले आवेदन पाउनेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता शेयर खुलाउन अनुमति लिएकाे थियो । यसमा २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ ।  कर्मचारीका लागि ६७ हजार ५०० कित्ता शेयर रहेकाे छ । १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी… पुरा पढौ

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित

झापा, १९ मङ्सिर । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ । नीतिगत अन्योलका कारण निर्यात रोकिँदा… पुरा पढौ

चीनद्वारा नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा

बेइजिङ, १९ मङ्सिर । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरे। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए। सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी… पुरा पढौ

छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

वालिङ (स्याङ्जा), १९ मङ्सिर । सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताए। पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा रु ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो । “निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङकाे भाउ घट्याे

काठमाडौं, १९ मङ्सिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ… पुरा पढौ

नेपाल-चीन सम्बन्धबारे पेकिङ विश्वविद्यालयमा आज प्रधानमन्त्री ओलीकाे प्रवचन

काठमाडौं, १९ मङ्सिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको थियो । सोही दिन उनले आफ्ना समकक्षी ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग… पुरा पढौ