आर्थिक 📈

सुनमा रु ११ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सयले बढेको जानकारी गराएकाे छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३५… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं, ४ मङ्सिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय… पुरा पढौ

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा, ४ मङ्सिर । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्वबजारमा पुर्याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्याउने बताए । उनले पूर्वी पहाडमा खोल्साको सुन… पुरा पढौ

पहिलो चार महिनामा रु २ अर्ब २० करोडकाे चिया निर्यात

भद्रपुर (झापा), ४ मङ्सिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ ।… पुरा पढौ

प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी

काठमाडौं, ४ मङ्सिर । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म रु ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ… पुरा पढौ

प्रभु केवलकार एण्ड टुरिजमकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडाैं, ४ मंसिर । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शेयर खुलाउन कुमारी क्यापिटल लिमिटेडलाई शेयर निश्काशन तथा बिक्री प्रबन्धक ताेकेकाे छ । यसका लागि दुबै कम्पनीबीच सम्झौता गरिएकाे छ । सम्झौता भएपछि रूपैयाँ ३० करोड राबरको शेयर निष्काशनकाे प्रकृया शुरू भएकाे छ ।  प्रभु ग्रुप्स एण्ड कम्पनीका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडसहित चार कम्पनीको लगानीमा प्रभु केवलकार निर्माण गरिएकाे हाे… पुरा पढौ

गरिमा विकास बैंकले “गरिमा रोड रेस कम्पिटिसन २०८१” आयोजना गर्ने

काठमाडौं, ३ मंसिर।  गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यही २०८१ मंसिर ८ गते शनिवार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१ ‘ आयोजना गर्ने भएकाे छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन -२०८१ आयोजना गर्ने बताएकाे छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चार वटा समुहमा प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फको १० किलोमिटर  रोड रेस कम्पिटिसनमा इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रोड रेस कम्पिटिसनमा… पुरा पढौ

कात्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट उठ्याे पाैने ३ अर्ब राजस्व

काठमाडौं, ३ मङ्सिर । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका… पुरा पढौ

सुनमा रु १ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९… पुरा पढौ

यस्तो छ आज निर्धारित लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ३ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय… पुरा पढौ