आर्थिक 📈

आजदेखि नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात सुरु

काठमाडौं, ३० कात्तिक । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ । क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको सुभारम्भ गरे। नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण… पुरा पढौ

दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै सहकारी

चितवन, ३० कात्तिक । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो । जिल्लाका एक सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष… पुरा पढौ

आज सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं, ३० कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा आज रुपैयाँ १ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ६० हजार १ सयमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १… पुरा पढौ

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

काठमाडौं, ३० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँट गरेकाे छ । साे शेयर आज बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएकाे हो। संस्थाले कात्तिक १२ गतेदेखि २० गतेसम्म रुपैयाँ ३ करोड ५० लाख ९० हजार ४२५ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर जारी गरेकाे थियाे । शेयरमा १३ लाख ४८ हजार ९१२ आवेदकले शेयर माग गरेका थिए । उनीहरुले १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन दिएका… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ३० र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा, स्वीस… पुरा पढौ

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं, ३० कात्तिक । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ । सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’… पुरा पढौ

समृद्धिका लागि ‘ग्लोबल साउथ’ मुलुकहरू एक हुनुपर्छ : उपाध्यक्ष पोखरेल

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘ग्लोबल साउथ’ मुलुकहरू थप एकताबद्ध भएर सामूहिक हित र मानव सेवामा लाग्नुपर्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा भएको ‘दोस्रा ग्लोबल साउथ थिङ्क ट्याङ्क्स डाइलग’ कार्यक्रमको ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा थप एकताबद्ध भएर सामूहिक हित र मानव समृद्धिका लागि लाग्नुपर्ने बताए । सभ्यताको अनुभव आदानप्रदानले… पुरा पढौ

नेप्सेमा १३.९५ अंकको बृद्धि, १० अर्ब ३२ करोडको कारोबार

काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । तिहारको बिदापछि सकारात्मक लय जाने अपेक्षा गरिएको शेयर बजारमा अपडाउन भईरहेकोले अझैं स्थिर बन्न सकिएको छैन । लगानीकर्ताहरु अझैं सुधार भएको बजार र उकालो लागेको दृश्यको पखाईमा रहिरहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९५ अंकले बढेको यसरी बढेको नेप्से २७४८.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा… पुरा पढौ

मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

काठमाडौं, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु… पुरा पढौ

सुनको भाउ सस्तिदै, तोलामा रु २२ सयले गिरावट

काठमाडौं, २९ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रप्पको जितसंगै ओरालो लागेको सुनको भाउमा सस्तिने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ सस्तिएको छ । नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ । छापावाल सुनमा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६२ हजार… पुरा पढौ