आर्थिक 📈

गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन : राष्ट्र बैंक

काठमाडौं, ३ मङ्सिर । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुझाएको छ । अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो । वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता रू दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । गत असार मसान्तमा कूल विदेशी विनिमय सञ्चिति रू २० खर्ब ४१ अर्ब १० करोड बराबर… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, पौने १२ अर्बको कारोबार

काठमाडौं, २ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । नेप्सेमा सामान्य बृद्धि भएपछि अब भने सुधारको लय लिन्छकि भन्ने आकलन गरिएको छ । नेप्से उकालो लागेसंगै कारोबार सन्तोषजनक रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी… पुरा पढौ

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

फुङ्लिङ (ताप्लेजुङ), २ मङ्सिर । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु १३ हजारबराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको हो । हर्कटे रेडपाण्डाको बासस्थान भएकाले त्यहाँका रेडपाण्डालाई राति अन्य जीवजन्तुको… पुरा पढौ

वीरगञ्जको सुक्खाबन्दरगाहकाे राजस्व २० करोडले घट्यो

वीरगञ्ज, २ मङ्सिर । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ४ महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए। चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले… पुरा पढौ

सुन चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, २ मंसिर । आज सुनको मूल्यमा गिरावट भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हाे ।   आज प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनकाे कारोबार भईरहेको छ ।  गत शुक्रबार सुनको कारोबार १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।     यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको बताइएकाे छ… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २ मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ््रयाङ्क… पुरा पढौ

सर्वोत्तम सिमेन्टकाे खुद नाफा २ करोड २५ लाख ऋणात्मक

काठमाडौं, १ मङ्सिर । सर्वोत्तम सिमेन्टकाे खुद नाफा ऋणात्मक देखिएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा रुपैयाँ २ करोड २५ लाख ऋणात्मक रहेको छ। असोज महिनाकाे अन्त्यसम्ममा कम्पनीले रुपैयाँ १ अर्ब ४५ करोड ५१ लाख सञ्चालन आम्दानी गरेको छ। कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ । अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको पाइएकाे छ। कुल खर्च रुपैयाँ १४ करोड ८५ लाख रहेको छ। प्रतिशेयर आम्दानी पनि… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क… पुरा पढौ

बैंकिङ सेवा प्रतिस्पर्धी र व्यावसायिक बन्नुपर्छः गभर्नर अधिकारी

काठमाडौं, १ मंसिर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको निर्देशनभित्र रहेर प्रतिस्पर्धी र व्यावसायिक बैंकिङ कारोबारमार्फत जनताको विश्वास जित्न आग्रह गरेका छन् । नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव समारोहमा उनले वित्तीय अनुशासन कायम गर्दै प्रतिस्पर्धात्मक बैंकिङ कारोबारमार्फत सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए। गभर्नर अधिकारीले नेपाल बैंकले आफ्नो सेवा सुविधाहरूलाई थप विस्तार एवं नवप्रवर्तन गरी समयानुकूल प्रविधिमैत्री बैंकिङलाई आत्मसात् गर्दै आर्थिक विकास तथा रोजगारी सृजनामा अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले डिजिटल बैंकिङमा देखिएका चुनौतीलाई… पुरा पढौ

नेपाल आयल निगमले बढायाे डिजेल र मट्टितेलको भाउ

काठमाडौं, १ मंसिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो… पुरा पढौ