आर्थिक 📈

नयाँ ८ वटा थपिएपछि धितोपत्र ब्रोकर सङ्ख्या ९० पुग्यो

काठमाडौं, २९ कात्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०-८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप ८ वटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले… पुरा पढौ

महासंघले लगानी प्रवर्द्धनमा नियोगहरुलाई सघाउँछः अध्यक्ष ढकाल

काठमाडौं, २९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई  निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन्। विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए।  ‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छौ,’ उनले भने, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो… पुरा पढौ

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच कर्जा सुरक्षण सम्झौता

काठमाडौं, २९ कात्तिक । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गरे। बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै… पुरा पढौ

यस्तो छ बिहिबार विदेशी मुद्राको भाउ

काठमाडौं, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो १ को खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५… पुरा पढौ

पेट्रोलियम अन्वेषणकाे ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख, २९ कात्तिक । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए। चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’… पुरा पढौ

दुई स्टक ब्रोकर एशोसिएसनबीच मर्जर सम्झौता

काठमाडौं, २८ कात्तिक । स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् । आज आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गरे । दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताए । “विसं २०७९… पुरा पढौ

नेप्सेमा १४.१२ अंकको गिरावट, करिब ८ अर्बकाे कारोबार

काठमाडौं, २८ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेप्सेमा भएको गिरावटले लगानीकर्ताहरुलाई फेरि के हुने हो भन्ने आशंका उब्जाई दिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३०८ कम्पनीहरुको… पुरा पढौ

बुधबार सुनमा ४ सयले गिरावट, चाँदीको भाउ बढ्यो

काठमाडौं, २८ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले गिरावट भएको छ । चाँदीको भाउ भने रुपैयाँ १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

गलकोट (बागलुङ) २८ कात्तिक । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्। तीन वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए। उनले किबीसँगै कागती पनि फलाएका छन्। जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ३.६२ प्रतिशतले बृद्धि

काठमाडाैं, २८ कात्तिक । नागरिक लगानी कोषले चालु आर्थिक वर्षमा नाफा बढाएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १३.६२ प्रतिशतले बढेकाे हाे । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ३० कराेड ९ लाख खुद नाफा गरेकाे छ। गएकाे वर्ष सोही अवधिमा कम्पनीले रूपैयाँ २६ करोड ४८ लाख नाफा गरेकाे थियो। आम्दानीमा सुधा भएपछि खुद नाफा बढेको हो।ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन… पुरा पढौ