आर्थिक 📈

सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २६ भदाै। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयर खरिदका लागि प्रथम प्राथमिकता हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई दिइएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य विवरण खुलाएर काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा सोझै… पुरा पढौ

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी, २६ भदौ। जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२/८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ राजस्व सङ्कलन गरेको हो । पैसट्ठी मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत रु. पाँच करोड २९ लाख… पुरा पढौ

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं, २६ भदौ। भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ । प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २६ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, कारोबार रकम ४ अर्बमा सिमित

काठमाडौं, २५ भदाै। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्सेले बिहीबार पनि सोही गिरावटको क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा झरेको छ। परिसूचकसँगै प्रमुख सूचकहरूमा पनि गिरावट आएको छ, जसअनुसार सेन्सेटिभ इण्डेक्स २.४० अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले घटेका छन्। नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि गिरावट दर्ता भएको छ। कुल ३४१ वटा स्टकको ४४ हजार… पुरा पढौ

उद्योग मन्त्रीको अभिव्यक्तिप्रति एल.पी. ग्यास उद्योग संघको गम्भीर आपत्ति

काठमाडौं, २५ भदाै। एल.पी. ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको छ। संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीले ग्यास उद्योगीहरू प्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार, अमर्यादित र खेदजनक रहेको जनाएको छ। गत २०८३ भाद्र २४ गते प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर संघले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो। प्राकृतिक विपत्तिको समयमा ग्यास आपूर्ति र बिक्री वितरण सहज बनाउन अहोरात्र खटिरहेको अवस्थामा नेतृत्वदायी… पुरा पढौ

कोरला नाका बन्दै नेपाल-चीन व्यापारको मुख्य आधार(आलेख)

मुस्ताङ, २५ भदौ । उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारिक गतिविधिमा नेपाल–चीन उत्तरी कोरला नाका यतिबेला मुख्य र भरपर्दो विकल्पका रूपमा उक्लिएको छ। लगातारको बाढीपहिराका कारण तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा ठप्प बनेपछि उत्तरी सीमाका अन्य नाकाको भारसमेत सम्हाल्दै कोरला नाका व्यापक चलायमान बनेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्र सीमित रहेको यो नाकामा अहिले सडकमार्ग ढाक्ने गरी मालवाहक कन्टेनर र विद्युतीय सवारी साधन (इभी) को बाक्लो उपस्थिति छ। चाडपर्व नजिकिँदै गर्दा… पुरा पढौ

परम्परागत बीमककै वर्चस्व, लघु बीमकको व्यवसाय ७३ लाख, हिमालयन एभरेष्ट अगाडी

काठमाडाैं, २५ भदाै । साउन महिनाको तथ्यांक अनुसार निर्जीवन बीमा बजारमा परम्परागत बीमा कम्पनीहरूको दबदबा कायमै छ। १४ परम्परागत बीमकहरूले २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गर्दै ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। अर्कोतर्फ, भर्खरै व्यवसाय विस्तार गरिरहेका ४ वटा नवप्रवेशी लघु निर्जीवन बीमा कम्पनीहरूले २५ हजार आठ वटा बीमालेख जारी गरी ७३ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। परम्परागत निर्जीवन बीमा कम्पनीहरूको साउन महिनाको व्यवसाय: क्र.सं.कम्पनीको नामजारी बीमालेख संख्यासंकलित… पुरा पढौ

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन, २५ भदौ। किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो । यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो । सो… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २५ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम… पुरा पढौ