आर्थिक 📈

माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २७ भदाै। माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा शेयर प्रिमियम खाताबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मिति २०८३ भदौ २६ गते अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको ५६४ औँ बैठकले चुक्ता पूँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशको विवरण: साधारण शेयरतर्फ: बोनस शेयर: ३.०० प्रतिशत (रकम रु. ३६,२५,८६,३४७/-) नगद लाभांश: ३.०० प्रतिशत - बोनस शेयर तथा नगद लाभांशको कर सहित (रकम रु. ३६,२५,८६,३४७/-) कुल लाभांश: ६.०० प्रतिशत अग्रधिकार शेयरतर्फ: नगद… पुरा पढौ

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

काठमाडौं, २७ भदौ। विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ । सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा श्रीकृष्ण भट्टराईले ‘डिजिटल’ रूपमा लोकर्पण गर्नुभयो । पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ । त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ ।… पुरा पढौ

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी, २७ भदौ। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।” नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ… पुरा पढौ

शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’

भोजपुर, २७ भदौ। भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २७ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम… पुरा पढौ

नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडकाे कारोबार

काठमाडौं, २६ भदाै। अघिल्ला दुई कारोबार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुधारिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने घोषणा गरेसँगै बजारमा सकारात्मक प्रभाव परेको हो। अर्थमन्त्री वाग्लेले विगतका गैरजिम्मेवार गतिविधिका कारण बजारमा देखिएका समस्या समाधान गर्दै अवस्थालाई थप बिग्रन नदिने गरी नीतिगत सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर… पुरा पढौ

युनाइटेड इदी मर्दी हाइड्रोद्वारा ५.२६३२ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २६ भदाै । युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। कम्पनीका अनुसार प्रस्तावित ५ प्रतिशत बोनस सेयरको कुल रकम २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबर रहेको छ। यस्तै, बोनस… पुरा पढौ

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी, २६ भदौ। कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२÷८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र… पुरा पढौ

बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २६ भदाै। बेनी हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ खुलाएकाे थियाे । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। निष्काशन सम्बन्धी मुख्य विवरण: सर्वसाधारणका लागि छुट्ट्याइएको शेयर: ८ लाख ६३ हजार २०० कित्ता (रु. ८ करोड ६३ लाख २० हजार बराबर) अंकित मूल्य: प्रतिशेयर रु. १००… पुरा पढौ

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम-स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली (तनहुँ), २६ भदौ। बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ । केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख राजु कँडेलले जानकारी दिनुभयो । खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७,… पुरा पढौ