आर्थिक 📈

नागरिक लगानी कोषको दायरा विस्तार गर्न नयाँ कानुन बनाइँदै, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं, २९ भदाै। नागरिक लगानी कोष (CIT) को पुँजी वृद्धि, लगानीका क्षेत्र विस्तार तथा संस्थागत संरचनालाई अझ सुदृढ र पारदर्शी बनाउने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ अगाडि बढाइएको छ। अस्पष्ट कानुनी दायरा र बदलिँदो वित्तीय बजारको आवश्यकतालाई सम्बोधन गर्न तयार पारिएको यो विधेयक २०८३ भदौ १८ गते प्रतिनिधिसभामा दर्ता भई भदौ २५ गते संसद्मा प्रस्तुत भइसकेको छ। सरकारले सर्वसाधारणलाई बचतमा प्रोत्साहन, अवकाश कोष सञ्चालन र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पुँजी परिचालन गर्न ऐन परिमार्जन गर्न… पुरा पढौ

नेप्से २५.५५ अंकले बढ्यो, काराेबार ४ अर्ब ६८ करोड माथि

काठमाडौं, २९ भदाै। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारको वृद्धिलाई निरन्तरता दिँदै यस दिन नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर बन्द भएको हो। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ४.३४ अंकले बढेको छ। यस्तै फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले उकालो लागेका छन्। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। बजारमा ३३६ वटा स्क्रिपका १ करोड १५ लाख ९५ हजार… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २९ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ… पुरा पढौ

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीमा आकर्षित

भोजपुर, २९ भदौ। बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् । विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताउनुभयो । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उहाँको भनाइ छ ।… पुरा पढौ

ब्रिक्स शिखर सम्मेलन: विश्व अर्थतन्त्र र भू-राजनीतिक तनावबीच सहकार्यको खोजी

नयाँ दिल्ली, २८ भदाै । विश्व अर्थतन्त्रमा देखिएको सुस्तता, ऊर्जा असुरक्षा र बढ्दो भू–राजनीतिक तनावका बीच ब्रिक्स (BRICS) सदस्य राष्ट्रका नेताहरूको शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ। चीन, रुस, भारतसहित ब्रिक्स राष्ट्रका प्रमुखहरूले सम्मेलनका क्रममा समावेशी आर्थिक विकास, अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा गहन छलफल गरेका छन्। सम्मेलनलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्यहरूबीच आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। "ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको… पुरा पढौ

सुनको मूल्य बढ्यो,यस्ताे छ आजकाे दर

काठमाडौं, २८ भदौ । आज बजारमा सुनको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १ हजार २ सयले बढेको हो । महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १ हजारमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख २ हजार २ सयमा कारोबार भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ६ मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ६ सय ६० रुपैंया मा कायम भएको बताइएकाे छ… पुरा पढौ

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ (स्याङ्जा), २८ भदौ. स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक रूपमा खुर्सानी खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताउनुभयो। धान, मकै लगायतका खाद्यान्न बालीबाट भन्दा खुर्सानीबाट राम्रो आम्दानी हुने र बाँदरले क्षति नगर्ने भएकाले खुर्सानी खेती विस्तार गरिएको उहाँले… पुरा पढौ

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली (तनहुँ), २८ भदौ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३÷८४ मा तनहुँमा नदी नियन्त्रण तथा सिँचाइका विभिन्न कार्यक्रमका लागि रु १५ करोड बजेटको कार्यक्रम सञ्चालन गरेको छ । नदी कटान तथा डुबान नियन्त्रण, पहिरो नियन्त्रण र सिँचाइ सुविधा विस्तारलाई प्राथमिकता दिँदै आयोजना अघि बढाइएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले चालु आवमा सिँचाइ, पहिरो र नदी नियन्त्रणतर्फ विभिन्न योजनामा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मस्र्याङ्दी नदी नियन्त्रणका लागि रु आठ करोड, मादी नदी… पुरा पढौ

मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ भदौ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २८ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम… पुरा पढौ