आर्थिक 📈

आज अमेरिकी डलर, यूरोसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोसहित अन्यको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १०… पुरा पढौ

ग्रामीण विकास लघुवित्तकाे एजिएम असार १५ मा

काठमाडाैं, २७ जेठ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले असार १५ गते नवौँ साधारण सभा डाकेकाे छ । सभा संस्थाकाे प्रधान कार्यालय, बुटवलमा डाकिएकाे छ । सभा पूर्वान्ह बिहान ११ बजे शुरु हुने भएकाे छ। सभाका लागि हरिहसाब, वित्तीय अवश्था, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि कार्य गर्ने जिम्मेवारी संचालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् । यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ । संस्थाले साधारण सभाकाे… पुरा पढौ

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

सङ्खुवासभा, २७ जेठ । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब रु एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । जसबापत नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली… पुरा पढौ

बलेफी मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत

सिन्धुपाल्चोक, २७ जेठ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ । एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गरे। त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिए । बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र… पुरा पढौ

यार्सागुम्बा सङ्कलनः राज्य कोषमा १ करोड २५ लाख जम्मा

सुर्खेत, २५ जेठ । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले १ करोड २५ लाख ८७ हजार ५ सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न करिब चार हजार मानिस आएका थिए । उनीहरूबाट रु ८५ लाख राजस्व सङ्कलन भएको थियो । तर यसपटक गत वर्षको तुलनामा यार्सा… पुरा पढौ

१० वर्षमा ३० खर्बको आइटी निर्यात गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका हुन । “सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकका रूपमा स्थापित गर्ने,… पुरा पढौ

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार

काठमाडौं, २५ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुचाँदीको भाउ बढेको छ । आज बढेको भाउ अर्को नयाँ उच्च रेकर्ड कायम भएकाे भाउ हो । सदिन छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यस दिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोसहित अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २६ पैसा… पुरा पढौ

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज

काठमाडौं, २५ जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । साधारणा सभा पवर्तकाे रोयल कुश्मा रिसोर्टमा दिउँसाे साढे १२ बजे डाकिएकाे छ । सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका विषयमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना सञ्चालकको चयन गरिने भएकाे छ ।  यस्तै अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य… पुरा पढौ

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टर बुटवलबीच समझदारी

काठमाडाैं, २४ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी… पुरा पढौ