आर्थिक 📈

हाथवे इन्भेष्टमेन्टकाे आम्दानी १०४.६४ प्रतिशतले बृद्धि

काठमाडाैं, २७ वैशाख । हाथवे इन्भेष्टमेन्ट नेपालकाे आम्दानी १०४.६४ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे आम्दानी बढेको हाे । यस आर्थिक वर्षको चैतम्म कम्पनीले सञ्चालन रूपैयाँ २३ करोड ३९ लाख आम्दानी गरेकाे छ। यो आम्दानी गएकाे वर्षको सोही अवधिकोभन्दा १०४.६४ प्रतिशतले बढी हो। गएकाेमा वर्ष सोही अवधिमा आम्दानी रूपैयाँ ११ करोड ४३ लाख रहेकाे थियो। आम्दानी बढेपछि कम्पनी नाफामा गएकाे छ। गएकाे वर्ष रूपैयाँ १ करोड २२ लाख ऋणात्मक रहेकोमा यसपटक… पुरा पढौ

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित

काठमाडौं, २७ वैशाख । ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट केही सुझाव तथा संशोधनसहित पारित भएको छ । विधेयकमा दफाबार छलफलपछि समितिको बैठकले प्रतिवेदनसहित पारित गरेको हो । कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले गत फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व… पुरा पढौ

दक्षिण कोरियाद्वारा नेपाललाई दिने सहयोगमा वृद्धि

काठमाडौं, २६ वैशाख । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्ने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिए । राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे। गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपालीप् सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३४९.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । यसदिन ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख ७४ जहार ९६७ कित्ता… पुरा पढौ

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकाे नाफा ५ करोड ७१ लाख

काठमाडाैं, २६ वैशाख । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे खुद नाफा धनात्मक भएकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँ नाफा गरेकाे छ। कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षको साेहि अवधिकाेभन्दा खुद नाफा यस आर्थिक वर्षको धनात्मक भएको हाे । गएकाे वर्ष ऋणात्मक रहेको थियाे । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको… पुरा पढौ

बुधबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन र चाँदीको भाउमा परिवर्तन नभई मंगलबारकै भाउमा खरिदबिक्री भईरहेको जनाएको छ । छापावाल सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख… पुरा पढौ

सुनकोशी मरिन डाइभर्सन-काम समयमै सक्न प्रधानमन्त्री दाहालकाे निर्देशन

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्”, प्रधानमन्त्री दाहालले भने, “समयमै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।” उनले… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्रिदर… पुरा पढौ

बैङ्कभन्दा ठूलो कारोबार गर्ने प्रतिस्पर्धाले सहकारीमा समस्या : मन्त्री अधिकारी

काठमाडौं, २५ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले आज आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए । जुन उद्देश्यका साथ सहकारी स्थापना भएका थिए त्यसको खिलाफमा काम भइरहेको उनको धारणा छ । “सहकारीहरु बैङ्कभन्दा ठूलो कारोबार गर्ने… पुरा पढौ

प्रभु बैंकका ग्राहकले स्वस्तिक हेल्थ केयर सेन्टरमा छुट पाउने

काठमाडाैं, २५ बैशाख । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटोकाे स्वस्तिक हेल्थ केयर सेन्टरकाे अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ । एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा… पुरा पढौ