आर्थिक 📈

लगानी सम्मेलन : सोकेसका परियोजनाको सूची स्वीकृत

काठमाडौं, ११ वैशाख । आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् । आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए। ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर… पुरा पढौ

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौं, ११ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताए । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।” उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग… पुरा पढौ

तोलामा रु २ हजार सात सयले घट्यो सुनको मूल्य

काठमाडौं, ११ वैशाख । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४… पुरा पढौ

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन

काठमाडौं, ११ वैशाख । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन् । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए । उनले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पारे। “सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर… पुरा पढौ

नौ महिनामा पाँच अर्ब ७३ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), १० वैशाख । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ रु १५ करोड छ लाख र अन्यतर्फ रु एक अर्ब छ करोड ५१ लाख राजस्व सङ्कलन भएको कैलाली… पुरा पढौ

नेप्सेमा १५.४१ अंकको गिरावट, २ अर्ब बढीको कारोबार

काठमाडौं, १० वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारको माहोल नकारात्मक बनेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.८० अंकले घटेर ३४७.९५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । म्युचुअल फण्डमा हरियो लागेको हो । बाँकी १२ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन ३२० वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ५६… पुरा पढौ

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा साढे ३० अर्बको ट्रेजरी बिल जारी गरिदैं

काठमाडौं, १० वैशाख । नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने जानकारी गराएकाे छ । यसमा २० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गरिने भएकाे छ । १० अर्बको नयाँ ट्रेजरी बिल जारी हुनेछ ।  भाेलि मंगलबार जारी गरिने साे ट्रेजरी बिलकाे लागि आज अपरान्ह ३ बजे बोलकबोल हुँदैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि रूपैयाँ ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण लागेकाे छ । यस्तै रूपैयाँ ५ अर्बको भने नयाँ… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे गिरावट

काठमाडौं, १० वैशाख । साताकाे सेयर काराेबार हुने आज साेमबार दाेश्राे दिन हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से)काे प्रि ओपन सेसन नकारात्मक बनेकाे छ । नेप्से परिसूचक ०.३५ विन्दुले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १९८४.०८ विन्दुमा झरेकाे छ । २९ वटा कम्पनीहरू को ४ हजार ५ सय २२ कित्ता सेयरकाे खरदिबिक्रीबाट १७ लाख ९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । प्रि ओपन सेसनमा कुल ५० वटा कम्पनीहरूकाे सेयर कारोबार भएको छ । ९ कम्पनीको सेयरमूल्य बढेकाे छ भने… पुरा पढौ

सुनमा ११ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १० वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ११ सय तथा चाँदीमा रुपैयाँ ३५ ले गिरावट भएको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ११ सयले घटेर तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले घटेर… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ र यूरोसहित अन्यको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २६ पैसा… पुरा पढौ