आर्थिक 📈

सहमतिपछि नेपाली तयारी चियाकाे निर्यात सुरू

काठमाडाैं, १३ वैशाख । भारतीय भन्सार कार्यालयले वैशाख ७ गतेदेखि रोकेको नेपाली चियाको निर्यात सुरू भएकाे छ । चिया निर्यातका लागि गरिएका विभिन्न प्रयासपछि चिया निर्यात पुनः सुरू भएकाे हाे । झापाकाे काँकडभिट्टा नाकाबाट चिया लाेड गरिएका १७ ट्रक भारतीय सीमा क्षेत्रमा राेकिएका थिए । बाटाेमै राेकिएका १७ वटै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयमा जाँचपास गराइ मङ्गलबार साँझ भारततीर गएका मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । रेग्मीले बाटाेमै रोकिएका ट्रक भारत गएपछि चिया निर्यातमा भएकाे अवरोध हटेकाे बताए… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, साढे २ अर्बको कारोबार

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार अन्तिम प्रहरमा आउँदा सकारात्मक बनेको छ । बजार बन्द हुनुभन्दा केहिबेर अघिसम्म दोहोरो अंकको गिरावट भएको नेप्सेमा बजार सामान्य अंकले बढेर सकारात्मक बनेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ३४८.५५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटा सबै राताम्मै भएका छन् ।… पुरा पढौ

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा, १२ वैशाख । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीको रुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रुपमा खाने गरिन्थ्यो । विसं २०११ मा स्थापित धनकुटा नगरपालिका-४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु… पुरा पढौ

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं, १२ वैशाख । काठमाडौं–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले -यालीको उद्घाटन गरे। आज बिहान इभी र्याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए। र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा… पुरा पढौ

सपोर्ट लघुवित्तकाे नाफामा उल्लेख्य बृद्धि, इपिएस कति ?

काठमाडाैं, १२ वैशाख । सपोर्ट लघुवित्त वित्तीय संस्थामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफा गएकाे वर्षकाेभन्दा उल्लेख्य रूपमा बढेकाे हाे । चालु आर्थिक वर्षको चैतसम्ममा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षकाे साेहि अवधिकाे भन्दा ९४.९१ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा रूपैयाँ ६३ लाख खुद नाफा भएकाे थियो। संस्थाले खुद ब्याज आम्दानी सामान्य रूपमा बढेकाे जनाएकाे छ । सञ्चालन आम्दानी… पुरा पढौ

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

गण्डकी, १२ वैशाख । रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । ‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए। बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उनले बताए । तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, १२ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोसहित अन्यको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६ पैसा र… पुरा पढौ

लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको एजिएम आज बस्दै

काठमाडौं, १२ वैशाख । लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज बाेलाइएकाे छ । कम्पनीले होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे साधारण सभा सुरु हुने जनाएकाे छ । साधारण सभाबाट गत आर्थिक वर्षको नाफाबाट संचालक समितिले प्रस्ताव गरेकाे १५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ३० गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउन र साधारण सभामा भाग लिनमा लागि सेयरधनीहरूले चैत २९ गतेसम्म सेयर काराेबार गरी कायम… पुरा पढौ

सरकारले कानुनमा संशोधन गरेकाेमा महासङ्घद्वारा स्वागत

काठमाडौं, १२ वैशाख । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा कानुन र नियमावलीमा अध्यादेशमार्फत गरेको संशोधनको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । कूल गार्हस्थ्य उत्पादनको ० दशमलव २ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासङ्घको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि महासङ्घले निजी क्षेत्रले लगानी सम्मेलनअगावै सो सम्मेलनमार्फत नेपालमा विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धनका लागि सहयोगीसिद्ध हुने गरी विद्यमान नियम तथा कानुनमा संशोधन तथा सुधारका लागि… पुरा पढौ