आर्थिक 📈

अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५३… पुरा पढौ

आर्थिक समृद्धिका लागि दलीय सहकार्य जरूरी : अध्यक्ष ओली

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताए । उनले परस्परिक हित, लाभ र सामाजिक… पुरा पढौ

भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्र बैंकबीच क्रस बोर्डर भुक्तानी सम्झौता

काठमाडौं, ४ फागुन। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ । भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन सम्बन्धी सम्झौता भएको हाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय आरबीआईका गभर्नर शक्तिकान्त दासले सम्झौता पत्रमा हस्ताक्षर गरेकाे जनाइएकाे छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणका क्रममा क्रस बोडर पेमेन्ट गर्ने सहमति भएकाे थियो । पुरा पढौ

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

काठमाडौं, ४ फागुन । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो । उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले राससलाई जानकारी दिए । उनले भने, “सम्पूर्ण ‘डाटा’ र ‘डकुमेन्ट’सहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो, समस्या समाधानका… पुरा पढौ

सुन्तला बेचेर कमलले कमाउनुभयो ४० लाख

दमौली (तनहुँ), ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्। विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर… पुरा पढौ

एनआईएमबी डिबेञ्चरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ४ फागुन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले फागुन १ गतेदेखि १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको साे ऋणपत्र निष्काशन गरेकाे थियाे । प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ४ अर्ब ४ करोड बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरिएकाे हाे। यसमा रुपैयाँ २ अर्ब ४२ करोड ४० लाख बराबरको २४ लाख २४ हजार कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी रहने… पुरा पढौ

सुनको भाउमा रु ६ सयले बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौं, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५८… पुरा पढौ

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन फागुन ५ र ६ गते राजधानीमा

काठमाडौं, ३ फागुन । बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले यही फागुन ५ र ६ गते राजधानीमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ । स्वावलम्बन विकास केन्द्रले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधि गरी सात सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ । पुरा पढौ

दुग्ध उत्पादक संस्थाले दूध नउठाउँदा बिक्रीमा समस्या

चितवन, ३ फागुन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकाेमा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए। जिल्लामा दैनिक… पुरा पढौ