आर्थिक 📈

यस्तो छ एमालेको सहकारी समस्या समाधान गर्ने सुझाव

काठमाडौं, ८ फागुन । नेकपा एमालेले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताले जम्मा गरेकाे रकम फिर्ता पाउने लगायतका वित्तीय विषयमा पार्टीकाे ३९ बुँदे अबधारणा प्रकाशमा ल्याएकाे छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागले पत्रकार सम्मेलन आयाेजना गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि ३९ बुँदे अबधारणा सार्वजनिक गरेको जनाएकाे छ । एमालेकाे सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीले बचतकर्ताकाे रकम ठगि गर्ने सहकारीलाई कानुनअनुसार कारबाही र बचतकर्ताले रकम फिर्ता गराउने वातावरण निर्माण गर्नका लागि सरकारसंग अनुराेध… पुरा पढौ

बैंक-वित्तीय क्षेत्रका बिरूद्ध अभिव्यक्ति दिनेलाई कारबाही गर्न बैंक-वित्तीय संघहरूकाे माग

काठमाडाैं, ८ फागुन । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एउटा बिज्ञप्ती निकालेर बैंक तथा वित्तीय क्षेत्रका बिरूद्ध आइरहेका अभिव्यक्तिहरू प्रति ध्यानकर्षण भएकाे जनाएका छन् । उनीहरूले बैंक तथा वित्तीय क्षेत्रका बिरूद्ध केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा राखिएका भ्रामक र गलत अभिव्यक्तिहरु प्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। सामाजिक संजालहरुमा आउने आधारहीन, गलत र भ्रामक टिप्पणीहरुमा ध्यान नदिन उनीहरूले आग्रह गरेका छन् । साथै यसका बारेमा सरोकारवाला निकायहरुकाे… पुरा पढौ

प्रभु बैंकले ल्यायाे फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, ७ फागुन । प्रभु बैंकले आजदेखि १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले आफ्नाे स्वामित्वमा रहेकाे फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक सेयरकाे बिक्री खुल्ला गरेकाे हाे । साे संस्थापक सेयरमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । साे सेयर खरिद गर्न चाहने इच्छुक संस्थापकहरूले फागुन ७ गते देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । साे मिति चैत ११ गतेसम्म ताेकिएकाे छ ।  आवेदकले घटीमा ३१५ रुपैयाँ वा… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५३… पुरा पढौ

१२ बुँदे घोषणापत्र जारी गर्दै सकियाे राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

काठमाडौं, ७ फागुन । १२ बुँदे घोषणापत्र जारी गर्दै चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएकाे छ । जारी घोषणापत्रमा ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने जनाइएकाे छ । घोषणापत्रमा तेस्रो सम्मेलनले तय गरेकाे ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ अभियानलाई पूरा गरिने भएकाे छ । घोषणापत्रमा लघुवित्तमा देखिएका विकृति विसंगतिकाे अन्त्य, लक्षित समूहलाई सुसूचित गराउन अभियान शुरू गर्ने, अनशासन कायम राख्ने, आचरण तथा व्यवहारमा सुधार गर्ने, विपन्न महिलाकेा लागि कर्जा तथा बचतका लागि सहयाेग गरिने भएकाे छ ।… पुरा पढौ

हिमालयन रि र एशियन लाइफकाे सेयररमूल्य समायोजन

काठमाडाैं, ७ फागुन । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएकाे छ। दुबै कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लाेज गरेका छन् । हिमालयन रि इन्स्योरेन्सले आज बुकक्लोज गरेको छ । एशियनले लाइफले मंगलबार बुकक्लोज गर्ने जनाएकाे छ। आज प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेकाे कारण सेयर काराेबार हुँदैन । यसैकाे कारणा नेप्सेले एशियन लाइफको शेयरमूल्यलाइ पनि आजै समायोजन गरेको जनाएकाे छ । हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन… पुरा पढौ

आज सार्वजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्था बन्द हुने

काठमाडौं, ७ फागुन । आज सोमबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण काराेबार नहुने भएकाे हाे । आज सेयर बजारका साथसाथै बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू पनि बन्द रहने भएका छन्। बिदाकाे कारण बन्द भएकाे अर्थ बजार मंगलबार खुल्नेछ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा राेकिएकाे थियाे । पुरा पढौ

मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध रु छ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका… पुरा पढौ

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गर्नुभएको थियो । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनुहुने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।… पुरा पढौ

आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखे। आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सांसद सुवालको उक्त प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ ४ गते आर्थिक कार्यविधि तथा… पुरा पढौ