आर्थिक 📈

नेप्सेमा २७.२१ अंकको गिरावट, पौने चार अर्बको कारोबार

काठमाडौं, ६ फागुन साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । यसरी घटेको नेप्से २०३४.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३५ अंकले घटेर ३६५.२० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये सबै राताम्मै भएका छन् । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयरको खरिदबिक्रीबाट ३… पुरा पढौ

बैकबाट कर्जा लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर ढुंगाना

काठमाडौं, ६ फागुन। नेपाल राष्ट्र बैंकका कार्यबाहक गर्भनर निलम ढुंगानाले बैक बित्तिय संस्थाबाट ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघले आज आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्। उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराईन। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या… पुरा पढौ

आईतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको… पुरा पढौ

एसियन लाइफ र हिमालयन रि इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ६ फागुन । एसियन लाइफ र हिमालयन रि इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेकाे छ । हिमालयन रि इन्स्याेरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार बुक क्लोज गर्ने जानकारी दिएकाे छ । उता एसियन लाइफ इन्स्याेरेन्सले फागुन ८ गते बुक क्लोज गर्ने भएकाे छ । फागुन ७ गते प्रजातन्त्र दिवस परेकाे र साे दिन बिदा भएकाे कारण सेयर काराेबार हुने छैन । त्यसैले लगानीकर्ताले दुबै कम्पनीकाे लाभांश पाउनका लागि आजै सेयरकाे काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।… पुरा पढौ

२१ करोड लागतमा पश्चिम नवलपरासीमा खुल्याे शीतभण्डार

नवलपरासी, ६ फागुन। पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको रु २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको हो । शीतभण्डार सञ्चालनका लागि छुट्टै कार्यविधि र समिति बनाएर काम गर्ने सहकारी सङ्घको योजना छ । सञ्चालनको अन्तिम तयारीमा रहेको छुट्टाछुट्टै चेम्बरसहितको तीनतले शीतभण्डारमा किसानको आकर्षण बढेको देखिन्छ । अब सुनवलमै शीतभण्डार निर्माण भएपछि व्यावसायिक खेती गर्ने… पुरा पढौ

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

मध्यविन्दु (नवलपरासी), ६ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतोले दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गरेका छन् । सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताइन। केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनले बताइन। “चैते धानभन्दा यो साग लगाएपछि फाइदा भयो,… पुरा पढौ

आज अमेरिकी डलर र यूराेसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२… पुरा पढौ

बर्दिबासमा सडक खाना महोत्सव २०८० आयोजना

महोत्तरी, ६ फागुन । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरे। पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर सडक दूरीमा महोत्सव आयोजना गरिएको छ । विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले… पुरा पढौ

जनकपुर-नेपालगञ्ज हवाईसम्बन्ध विस्तारका लागि चार्टर्ड उडान

जनकपुरधाम, ६ फागुन । मधेस प्रदेशको जनकपुरधाम र लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरबीच हवाईसम्बन्ध विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि चार्टर्ड उडान गरिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घ नेपालगञ्जको सहकार्यमा चार्टर्ड उडान सम्पन्न भएको हो । चार्टर्ड उडानमा लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देललगायत ७२… पुरा पढौ

आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्छ : उद्योगी

काठमाडौं, ५ फागुन । उद्योगी व्यवसायीहरूले आर्थिक ऐनलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनको आज उद्घाटनमा उनीहरुले समय सापेक्ष नीति परिमार्जन हुनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजस्व परामर्श समिति र सरकारका अन्य समितिमार्फत व्यवसायीलाई परेको समस्या समाधानका चेम्बरले अग्रणी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। “समयअनुसार ऐन परिवर्तन हुँदै जानुपर्छ, उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधानमा व्यवसायी एकजुट हुनुपर्छ”, उनले भने। उनले छिमेकी मुलुक भारतसँग रु चार… पुरा पढौ