आर्थिक 📈

नेप्सेमा १४.४६ अंकको गिरावट, ४ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, ३ फागुन । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ । एउटा बाहेक सूचकांकहरुमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६९ प्रतिशतले गिराट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले घटेर ३६८.५६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । अर्थात उत्पादन समूहमा मात्रै हरियो लागेको हो । बाँकी १२ उपसमूहहरु राताम्मै भएका छन् । कुल… पुरा पढौ

डिप्रोक्स लघुवित्तद्वारा ११‍.०४ प्रतिशत लाभांश वितरणकाे घाेषणा

काठमाडौं, ३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । संस्थाकाे आज बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे । बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ। साथै त्यसमा लाग्ने करकाे प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेकाे छ ।  लघुवित्तले घाेषणा गरेकाे लाभांश नेपाल राष्ट्र बैंककाे अनुमति र संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित… पुरा पढौ

उच्च शिक्षाका लागि नेपालबाट आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन्। भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए। “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने, “हामीले विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौं, ३ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य केहिहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५६… पुरा पढौ

फागुन १३ गतेदेखि आईपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

काठमाडाैं, ३ माघ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि सेयर आईपीओ खुलाउने भएकाे छ । कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्काशन गर्ने भएकाे हाे । कम्पनीका अनुसार उद्योग तथा खानी उत्खनन्बाट प्रभावित भएका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँ८ गरेपछि अहिले सर्वसाधारणका सेयर निष्काशन गर्न लागिएकाे हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेर बाँकी रहेकाे ६ लाख ८१ हजार ५३० कित्तामा थप गरी २७ लाख ७६… पुरा पढौ

उद्योगि, व्यवसायीबिना अर्थतन्त्र सबल हुन सक्दैन : अध्यक्ष पन्त

पोखरा, २ फागुन । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगि, व्यवसायीबिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २१ औं वार्षिक साधारण सभालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पन्तले उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्ने बताए । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति हुन् । उनीहरुले विविध समस्याहरु झेल्दै आएको वर्षौं भईसकेको छ । विविध घटनाक्रमहरुले असर गरिरहेको छ । तर पनि समस्याहरुबीच व्यवसायलाई थेगिरहेका छन् । अध्यक्ष पन्तले भने, जति निरासा व्यक्त… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा ५.९१ अंकको बृद्धि भई २०७६.५० विन्दुमा उक्लिएको जनाएको छ । नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने २.२७ अंकले बढेर ३७२.२७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । यसदिन कुल ३०२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २३… पुरा पढौ

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालकाे आह्वान

काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरुलाई यसबाट लाभ लिन आग्रह गरे । उनले भने, “नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका… पुरा पढौ

यस कारण कृषि बीमामा किसानकाे आकर्षण बढेन

गोदावरी(कैलाली), २ फागुन । सुदूरपश्चिममा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न सकेको छैन । कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताए । कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि बीमा गराउने कम्पनी गाउँमा पुग्न… पुरा पढौ