आर्थिक 📈

सहकारीका समस्या समाधानमा राज्यको भूमिका कमजोर

काठमाडौं, २९ माघ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा राज्य संयन्त्र र सहकारी अभियान दुवैका तर्फबाट पर्याप्त पहल नभएको धारणा सहकारीकर्मीले व्यक्त छन् । नियमित नियमन तथा सम्बद्ध पक्षसँग सहकार्य गर्नसके अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने धारणा उनीहरूको छ । बागमती प्रोस्कुनको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सेजोन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’का क्रममा सहकारीकर्मी तथा यस क्षेत्रका जानकारबाट यस्तो धारणा आएको हो । बागमती प्रदेश… पुरा पढौ

लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

झापा, २८ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न मातहतका निकायलाइ निर्देशन दिएका छन । काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिने क्रममा महतले साे निर्देशन दिएका हुन। दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाँचाैं दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग समेत भेटघाट गरेका थिए। निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व… पुरा पढौ

नेप्से परिसूचक १० दशमलव ५० अङ्कले घट्याे

काठमाडौँ, २८ माघ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर २ हजार ८५ दशमलव ८२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ३ दशमलव ८९ अङ्कले ओरालो लागेर ३ सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको… पुरा पढौ

एनआईसी एशिया लघुवित्तकाे नाफा ९९.२६ प्रतिशतले घट्याे

काठमाडाैं, २८ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकाे नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार संस्थाकाे नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ९९.२६ प्रतिशतले घटेको छ। पुस मसान्तसम्म संस्थाले रूपैयाँ ११ लाख ६ हजार नाफा कमाएको छ। यो नाफा गएकाे वर्षको सोही समयकाेभन्दा ९९.२६ ले थाेरै हो। गएकाे वर्ष समयमा संस्थालेरूपैयाँ १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेको छ । खुद फि तथा… पुरा पढौ

आईतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, २८ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा रुपैयाँ ५ सयले गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहि काराेबार भईरहेकाे छ । छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुत्रबार छापावाल सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, २८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय… पुरा पढौ

हिमालयन रि इन्स्योरेन्सले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं, २८ माघ । हिमालयन रि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ । कम्पनीले ४ प्रतिशत अर्थात ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको… पुरा पढौ

सीमाको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए। आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताउनुभयो । प्रधानमन्त्रीले गत असोजमा सम्पन्न… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

फैसला कार्यान्वयनका क्रममा एक अर्ब १९ करोड बढी जरिवाना असुल

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको… पुरा पढौ