आर्थिक 📈

यस कारण नाडेपकाे नाफा ३७.८२ प्रतिशतले कम

काठमाडौं, २६ माघ । नाडेप लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार रुपैयाँ १ करोड १२ लाख खुद नाफा गरेकाे छ । संस्थाले कमाएकाे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ३७.८२ प्रतिशतले कम हो । गएकाे वर्ष साेहि अवधिमा संस्थाकाे नाफा रुपैयाँ १ करोड ८० लाख रहेकाे थियो । संस्थाकाे खुद ब्याज आम्दानी रुपैयाँ १६ करोड २८ लाखबाट घटेर १२ करोड ३४ लाख रुपैयाँ रहेकाे छ । यसैकाे कारण… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४४… पुरा पढौ

सोलुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सल्लेरी (सोलुखुम्बु), २६ माघ । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल दुई सय… पुरा पढौ

सुनको अवैध पैठारीबारे आयोगले लियाे नेता महरासँग बयान

काठमाडौं, २६ माघ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । ‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो । आयोगका एक सदस्यले उनीहरुसँग आवश्यक जानकारी लिइएको बताए । सुन प्रकरणका आरोपीहरु भण्डारी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका… पुरा पढौ

नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ÷संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम नभएको देखिएकाले आरोप पत्र दायर गरिएको जनाएको छ । समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष,… पुरा पढौ

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ

माल्दिभ्स, २५ माघ । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ । पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी छसम्म माले भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो । माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२… पुरा पढौ

नेप्सेमा ५.७४ अंकको बृद्धि, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । यतिबेला नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ताहरू सकारात्मक अपेक्षामा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा प्रकाशसरण महतले बजारको अपेक्षा अनुसारको नीति अवलम्वनका लागि राष्ट्र बैंकलाई सुझाउँदै आईरहँदा त्यसको सकारात्मक प्रभाव अर्थ बजारमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७४ अंकले बढेर… पुरा पढौ

इस्टर्न हाइड्रोपावरकाे नाफामा ७२.५३ प्रतिशतले बृद्धि

काठमाडौं, २५ माघ । इस्टर्न हाइड्रोपावरकाे ७२.५३ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ १ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीकाे याे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ७२.५३ प्रतिशतले बढी हो । गएकाे वर्षमा कम्पनीकाे नाफा रूपैयाँ ७९ लाख ८१ हजार थियाे ।  विद्युत बिक्रीकाे आम्दानी रूपैयाँ ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रहेकाे छ । वित्तीय खर्च घटेकाे छ । यसरी साे खर्च रूपैयाँ… पुरा पढौ

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन, २५ माघ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो । आयोजनाका प्रमुख देवकुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजार वटाभन्दा बढी माग भएको छ । यसमा स्वीकृत कोटा १० वटा मात्रै रहेको उनले जानकारी दिए। यस्तै डिप ट्युबेल ५० भन्दा बढी माग भएकोमा १३ वटाको मात्रै… पुरा पढौ

सर्वोत्तम सिमेन्टकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ माघ । सर्वोत्तम सिमेन्टकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस २५ गतेदेखि उद्योगबाट प्रभावित क्षेत्रका जनताका लागि ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियाे । उद्योग बाट प्रभावित क्षेत्र नवलपारासीकाे सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ रहेका छन् । यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको… पुरा पढौ