आर्थिक 📈

नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक

काठमाडौं, २७ माघ । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे छलफल गरेको हो । छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए। विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताए। “पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका… पुरा पढौ

सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री दाहाल

त्रिशूली (नुवाकोट), २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन्। नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पारे। “अर्थतन्त्र सुधारका सूचकहरू अहिले सकारात्मक अवस्थामा छन्”, उनले भने, “देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसका क्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको… पुरा पढौ

ऐन शंसोधन नहुँदा सहकारी क्षेत्रका समस्या यथाबत्

काठमाडौं, २६ माघ । सहकारी ऐन र नियममा सहकारीक्षेत्रको प्रबर्धन विकास तथा बिस्तारमा बाधक र संकुचन दफाहरु शंसोधन नहुँदा सहकारी क्षेत्रमा समस्या परेको सहकारीकर्मीले औल्याएका छन् । उनीहरुले सहकारी संस्थामा बित्तीय कारोबारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी अभाव र बैक बित्तिय संस्था र सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाको कारण समस्या बढेको बताइएको छ । देशभरका बहुउद्देश्यीय सहकारी संस्थाहरुको साझा संगठन नेपाल बहुउद्देश्यी केन्द्रीय सहकारी संघ लिमिटेडको शुक्रबार आज सम्पन्न नवौ, दशौ र एघारौ साधारणसभामा उपस्थित सहकारीकर्मीले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीमा… पुरा पढौ

सुन्तला बिक्रीबाट वार्षिक मनग्य आम्दानी गर्दै किसान

भोजपुर, २६ माघ । सुन्तला बिक्रीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन । त्रिचालिस वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आएका किसान अधिकारीले आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिए। “मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु”, उनले भने, “सुन्तला बिक्रीबाट रु १० लाख वार्षिक आम्दानी हुन्छ । यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर… पुरा पढौ

नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी

चितवन, २६ माघ । राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ । कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास गरिनुपथ्र्यो हुन नसके पनि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकाले केही हदसम्म विकास भएको बताए । बजारमा माग भएका खेतीमा ध्यान दिन आग्रह… पुरा पढौ

बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौँ नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताए। सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने तथा सुझाव लिने काम भइरहेको उनको भनाइ… पुरा पढौ

नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

काठमाडौं, २६ माघ । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण, २०७८ ले यस्तो तथ्याङ्क देखाएको हो । सर्वेक्षणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सञ्चालित ४८ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको देखिएको छ । त्यस्तै कोशी प्रदेशका… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ६.३८ प्रतिशतको बृद्धि

काठमाडौं, २६ माघ । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गएकाे वर्षकोभन्दा ६.३८ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षको पहिलो ६ महिनामा कोषका नाफा रुपैयाँ ५४ करोड ६० लाख रहेकाे छ। जाे गएकाे वर्षको सोही समयकाेभन्दा ६.३८ प्रतिशतले बढेकाे हो। गएकाे वर्ष सोही समयमा कोषको नाफा रुपैयाँ ५१ करोड ३२ लाख रहेकाे थियो। कोषको ब्याज आम्दानी ८.०७ प्रतिशतले तथा सेवा शुल्क र कमिशन आम्दानी १२.०९ प्रतिशतले… पुरा पढौ

अन्तिम दिन सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, २६ माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको हो । नेपााल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले बढेर तोलाको १… पुरा पढौ

चिराइतोकाे बजार मूल्य बढ्दो, उत्पादन घट्दाे

फुङ्लिङ, २६ माघ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ । फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे । उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका… पुरा पढौ