आर्थिक 📈

कम्प्युटर इन्जिनियरको चिया पसल

जनकपुरधाम, १ फागुन । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् । तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यकाे कति ?

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोसहित अन्य केहिहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ… पुरा पढौ

आइपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले माग्याे अनुमति

काठमाडौं, १ फागुन । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ प्रक्रियाले सेयर आइपीओ जारी गर्नका लागि सेबाेनसंग अनुमति मागेको छ । कम्पनीका अनुसार प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याउन सेबाेनसंग अनुमति मागिएकाे हाे । कम्पनीले रूपैयाँ ९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरकाे सेयर बिक्रीमा ल्याउने भएकाे हाे । यसअघि योग्य मानिएका संस्थागत लगानीकर्ताहरुमा बोलपत्र मागिएकाे थियो । उनीहरूले बेलकबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता रूपैयाँ ९१२ कायम गरिएकाे थियो… पुरा पढौ

आर्थिक सूचकमा सुधार, अर्थतन्त्र सकारात्मक : अर्थमन्त्री महत

काठमाडौं, १ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिदै गएको बताएका छन्। चालू आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले सुधारका लागि सरकारले थालेका प्रयासले नतिजा दिन थालेको बताए । बजेट कार्यान्वयनको पहिलो छ महिनासम्मको समग्र स्थिति, कार्यान्वयनका क्रममा देखिएका समस्या, प्राप्त उपलब्धि तथा वित्त व्यवस्थापनमा देखिएका समस्यालाई समेटेर अर्थ मन्त्रालयले अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । “कोभिड–१९ को समयमा… पुरा पढौ

व्यक्तिगतभन्दा संस्थागत मुद्दतिको ब्याज १ प्रतिशतले कम हुनुपर्ने

काठमाडौं, १ फागुन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले मुद्दति निक्षेपको ब्याजदर तथा ब्याजदर ‘करिडोर’ कार्यान्वयनमा नयाँ व्यवस्था गरेको छ । “ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ”, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, “संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा एक प्रतिशत विन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।” कृषि, साना, घरेलु तथा… पुरा पढौ

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता

काठमाडौं, १ फागुन । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ । कोषले जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः… पुरा पढौ

बजेट खर्च नभएपछि सरकारले आकार घटायाे (पूर्णपाठ)

काठमाडौं, २९ माघ । नेपाल सरकारले चालु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको छ । सररकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेपछि संशोधन गरेको हाे । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरिएको जानकारी दिए । डा.महतले चालु वर्षमा सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने लक्ष्य लिएकाे थियो। वर्तमान स्थितिलाई अध्ययन गर्दा लक्ष्य अनुसार बजेटकाे खर्च नहुने देखिएकाेले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएक डा महतले बताए… पुरा पढौ

भ्यालेन्टाइन डे लक्षित फुड फेष्टिवल-सौराहाका होटल भरिभराउ

रत्ननगर (चितवन), २९ पुस । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित गरिएकाे फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहा भूकम्प, नाकाबन्दी, सडक समस्या र कोरोना माहामारीलगायत कारण सुस्ताएको थियो । पछिल्लो समय पर्यटकीय गतिविधि चलायमान हुँदै गएपछि व्यवसायी उत्साहित भएका हुन् । सौराहामा पर्यटक लक्षित कार्यक्रम गरेर आन्तरिक पर्यटक भित्र्याउने चलन थियो ।… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे ३ अर्बकाे काराेबार

काठमाडौं, २९ माघ । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसिदन नेप्से परिसूचक उकालोकाृ यात्रामा गएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३… पुरा पढौ

सोनापुर मिनरल्सकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २९ माघ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका १५ दाङ्गमा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ। सभाबाट सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु अंकित… पुरा पढौ