आर्थिक 📈

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण-उपाध्यक्ष अर्याल

काठमाडौं, १४ माघ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताएकी छन । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौंमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताइन्। नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको… पुरा पढौ

संरक्षण क्षेत्रमै १३५ मेगावट जलविद्युत् आयोजना निर्माण हुँदै

मनाङ, १४ माघ । हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने एक हजार आठ सय ३९ रुख काट्न र पोल… पुरा पढौ

नेप्सेमा १०.३७ अंकको बृद्धि, ४ अर्ब ८३ करोडको कारोबार

काठमाडौं, १४ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले बढेर ३८०.२० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३०६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता… पुरा पढौ

आईतबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

काठमाडौं, १४ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ स्थिर रहि शुक्रबारकै भाउमा कारोबार भईरहेको जानकारी दिएको हो । छापावाल सुनकाे भाउ स्थिर रहि तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनकाे भाउ पनि स्थिर रहेर तोलाको १ लाख १७ हजार ४ सय… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरकाे बुक क्लाेज भाेलि

काठमाडौं, १४ माघ । अरुण भ्याली हाइड्रोपावर कम्पनीकाे माघ १५ गते साेमबार बुक क्लोज हुने भएकाे छ । कम्पनीकाे शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन चाहनेले आजसम्म सेयर काराेबार गरेकाे हुनुपर्ने बताइएकाे छ। कप्पनीले जारी गर्ने शतप्रतिशत हकप्रद सेयरका लागि सेयरधनीहरूले आज माघ १४ गतेसम्म नेप्सेमा सेयर कराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनी मात्रै साे सेयरका लागि आवेदन दिन याेग्य हुनेछन् । कप्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ बराबर १ काे रेसियाेमा रूपैयाँ १ करोड ८६ लाख… पुरा पढौ

आज अमेरिकी डलर र यूराेसहित अन्यको भाउ स्थिर

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य देशकाे मुद्राहरूकाे भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय… पुरा पढौ

रिलायबल लाइफकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, १४ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साेमबार बुकक्लोज हुने जनाएकाे छ । सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका लगानीकर्ताहरू साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन् कम्पनीकाे सातौँ वार्षिक साधारणा सभा माघ २९ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौँमाान डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे । सभाबाट हाल कायम… पुरा पढौ

रिलायन्स स्पिनिङ्ग मिल्सकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडाैं, १४ माघ । रिलायन्स स्पिनिङ्ग मिल्सले बिक्रीमा ल्याएकाे सेयरमा बाेलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ्ग प्रक्रियाबाट सेयर खुलाएकाे थियाे । कम्पनीले १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख २६ हजार ६०० कित्ता सयर निष्काशनकाे अनमुति पाएकाेमा ७ लाख ७० हजार ६४० कित्ता सेयरकाे बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ रहेकाे छ। नेप्सेकाे बोलकबोल प्रक्रियामा योग्य रहेका संस्थागत लगानीकर्ताहरुकाे सहभागिता हुनेगरी… पुरा पढौ

आर्थिक पूर्वाधार निर्माण अबको बाटो हाे : अर्थमन्त्री महत

काठमाडौं, १३ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल मार्केटिङ एशोसियनले आज आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं । अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न… पुरा पढौ

उत्तरगङ्गा जलविद्युत्को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

गलकोट (बागलुङ), १३ माघ । बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी बाटो खुला भएको छ । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । इआइए स्वीकृत भएसँगै अब आयोजनाको काम अघि बढ्ने देखिएको छ । आयोजना सिकार आरक्षभित्र निर्माण गर्नुपर्ने भएकाले कानुनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय… पुरा पढौ