आर्थिक 📈

आज सेयर बजार तथा वित्तीय संस्थाहरू बन्द, पाैष मसान्तमा बैंकहरूकाे रिकभरी पनि निराशाजनक

काठमाडौं, १ माघ । आज सेयर बजार तथा बैंक वित्तीय संस्थाकाे काराेबार बन्द भएकाे छ । नेपाल सरकारले माघीकाे अवसरमा देशभर सार्बजनिक दिएकाले सबै काराेबार बन्द भएकाे हाे । बिदाका कारण बन्द भएका बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालयहरू भाेलि मंगलबार खुल्ने भएकाेले सेयर बजारकाे काराेबार पनि भाेलि मंगलबारबाटै खुल्ला हुने बताइएकाे छ। उता बैंक वित्तीय संस्थाकाे पाैष मसान्तकाे क्लाेजिङ हिजाे सकिएकाे छ । यस पटककाे मसान्तमा बैकहरूले साेचे अनुरूपकाे रिकभरी गर्न नसकेकाे बैकरहरूले बताएका छन । यसले समग्र भावी बित्तिय… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८ पैसा र… पुरा पढौ

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

काठमाडौ, २९ पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक… पुरा पढौ

सुन तोलाको १ लाख १९ हजार २ सयमा कारोबार हुँदै

काठमाडौं, २९ पुस । आज सुनचाँदीको कारोबार हुने साताको पहिलो दिन हो । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार पनि बजार भाउ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । तेजाबी सुन तोलाको १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । महासंघका अनुसार यसदिन सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । पुरा पढौ

आईतबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूराेसहित अन्यकाे भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय… पुरा पढौ

शनिबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३८ पैसा… पुरा पढौ

अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न 

काठमाडाैं, २८ पुस । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सभा सम्पन्न भएको हो। साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला… पुरा पढौ

चालु आवकाे ३ महिनामा जिडिपीमा ३‍‍.२ प्रतिशतको वृद्धि

काठमाडौं, २७ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा ३ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो । “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ”, तथ्याङ्क कार्यालयले भनेको छ । उक्त कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिकबीच तुलना गर्दा… पुरा पढौ

यसपटक बागलुङमा २० करोडको सुन्तला उत्पादन

गलकोट (बागलुङ), २७ पुस । बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला… पुरा पढौ

लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्याे साधारण सभा

काठमाडाैं, २७ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्स लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ । सभामा कम्पनीले सेयरधनीहरुलाई दिने गत आर्थिक वर्षको मुनाफाबाट १४.९७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ साधारण सभा बाेलाएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ८.६३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पारित हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई… पुरा पढौ