आर्थिक 📈

यी हुन् एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्नहरु

काठमाडौं, १९ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ । यही सन्दर्भमा एनसेल शेयर खरिद–बिक्रीपछि उब्जिएका मूलभूत… पुरा पढौ

नेप्सेमा १०.१० अंकको गिरावट, साढे १ अर्बको कारोबार

काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । लगातारको नेप्सेको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । अब उनीहरुका लागि पर्ख र हेरको अवस्था बाहेकको बिकल्प छैन । नेपाल राष्ट्र बैंकले यही सातामा मौद्रिक नीतिको समिक्षा ल्याउने बताईरहँदा त्यसमा केहि संवोधन होला कि भन्ने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.१० अंकले घटेर १८७३.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

सुनमा एकैदिन रु २४ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, १९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सय तथा चाँदीमा रुपैयाँ ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सयले घटेर तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

चितवन, १९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको छ भने । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।” उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९ पैसा र… पुरा पढौ

इष्टर्न हाइड्रोकाे नाफामा सुधार, कुल नाफा ४ करोड २९ लाख

काठमाडाैं, १९ मंसिर । इष्टर्न हाइड्रोपावरले गत आर्थिक वर्षकोभन्दा नाफामा सुधार गरेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा बढेको हाे । यस अवधिमा कम्पनीले १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५५.८९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको कम्पनीको नाफा ९९ लाख ८१ हजार रुपैयाँ रहेकाे थियो। कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँमा बढेर ४ करोड ६६ लाख… पुरा पढौ

आलु खेती विस्तारमा ३ करोडको आयोजना

बेनी, १९ मङ्सिर । म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि ३ करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानका रुपमा परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ । उक्त आयोजनाअन्तर्गत प्रस्ताव आह्वान गरेर कृषक समूह र कृषि सहकारी… पुरा पढौ

नेप्सेमा ३.४२ अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं, १८ मंसिर । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर बजारका जानकारहरुका अनुसार अब सेयर बजारको लय नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको समिक्षापछि मात्रै त्यसले लिने लयलाई पर्खिनु पर्नेछ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.२० विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेर ३५३.२१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये पाँच वटामा रातो लागेको छ । बाँकी रहेका… पुरा पढौ

तारागाउँ रिजेन्सीको शेयर कारोबार स्थगन

काठमाडौ, १८ मङ्सिर । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने… पुरा पढौ

सुनको भाउले दिनदिनै रेकर्ड ताेड्दै, चाँदीको स्थिर

काठमाडौं, १८ मंसिर । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । यसले दिनदिनै रेकर्ड ताेडिरहेकाे छ । सुनको भाउ आज बढेर हालसम्मै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने भाउ चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ८ सयले बढेको जानकारी दिएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १… पुरा पढौ