आर्थिक 📈

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम, २५ पुस । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताए। “विगतका वर्षहरुमा हामीले चिराइतो प्रतिमन रु आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौँ, अहिले रु ५४ हजारमा बिक्री भइरहेको छ, यो… पुरा पढौ

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, हिमाली भेगको याक प्रदर्शनीमा राखिने

पोखरा, २४ पुस । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन… पुरा पढौ

नेप्सेमा २०.६२ अंककाे बृद्धि, रु ६ अर्ब बढीकाे काराेबार

काठमाडौं, २४ पुस । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर २०८०.१२ विन्दुमा उक्लिएकाे छ । ३०९ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले… पुरा पढौ

रियल गोर्खा सहकारीबाट ठगिनेलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं २४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए। उनले भने, “सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन… पुरा पढौ

तालिमले बनायो पदमबहादुरलाई उद्यमी

पाँचथर, २४ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किए । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्र हुँदै गरेको थियो । तीन सिमानामा हरेक वर्ष चाैंरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत… पुरा पढौ

सुनकाे भाउमा लगातार गिरावट, चाँदीको स्थिर

काठमाडौं, २४ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेको छ भने चाँदीको भाउ सोमबारकै कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

अन्तरपालिका साझेदारी कार्यक्रममा साढे १ करोड खर्च गर्दै पोखरा महानगरपालिका

कास्की, २४ पुस । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि रकम खर्च हुने जानकारी दिए। यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक आयोजना गरिएको थियो । “अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल… पुरा पढौ

यी पाँच कम्पनीहरुकाे साधारण सभा आज बस्दै

काठमाडौं, २४ पुस । आज पाँच कम्पनीहरुकाे साधारण सभा हुँदैछ । तारागाउँ रिजेन्सी होटल्स, भगवती हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, त्रिशूली जलविद्युत कम्पनी र पञ्चकन्या माई हाइड्रोपावरकाे साधारण सभा बाेलाइएकाे हाे । पाँच कम्पनीमध्ये दुइले मात्रै लाभांश वितरणकाे प्रस्ताव गरेका छन् । उनीहरुमा तारागाउँ रिजेन्सी हाेटल र भगवती हाइड्रोपावर रहेका छन् । बाँकी ३ कम्पनीको सभामा साे प्रताव पेश नहुने भएकाे छ ।  तारागाउँ रिजेन्सी तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।… पुरा पढौ

मंगलबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ घट्यो

काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । यूरो लगायतका अन्य देशहरूको मुद्राको भाउ पनि घटेको बैंकले जनाएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

म्याग्दीको सिङ्गा ठूलोखोलामा सामूहिक आलुखेती

बेनी (म्याग्दी), २४ पुस । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताइन । अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु खनेर बजार पठाउने तयारी छ, बोट राम्रो भएकाले फल पनि राम्रो हुने आशा गरेका छौँ”, उनले भनिन्। सिङ्गाको डाँडाखेत, फुर्केसल्ला, राक्सेलगायतका बस्तीमा हिउँदे… पुरा पढौ