आर्थिक 📈

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा पुष २ मा आव्हान

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको संक्रमणको जोखिम र चाडपर्वको कारण स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा पुष २ गते आव्हान गरिएको छ । यसअघि बैंकले कार्तिक ६ गते साधारण सभा बोलाएकोमा कोरोना भाइरसको संक्रमणको जोखिम तथा चाडपर्वलाई मध्येनजर गरेर स्थगित गरिएको थियो । साधारण सभामा बैंकद्वारा प्रस्तावित ३.३७ प्रतिशत नगद लाभांश तथा ७.०३ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरिने भएको छ । यस्तै मर्जर, प्राप्ति तथा अन्य रणनीतिक एजेण्डाहरुका कामको लागि संचालक समितिलाई अख्तियारीको प्रस्ताव गरिएको छ… पुरा पढौ

उद्योग वाणिज्य महासंघमा १९ औं अध्यक्षमा गोल्छा

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको १९ औँ अध्यक्ष शेखर गोल्छा बनेका छन्। कार्यकाल पूरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने महासंघकाे विधानबमोजिम भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी हुन् । महासंघको निर्वाचन आइतबार बिहान मात्र सम्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । यो सँगै आइतबारदेखि भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् । हालका निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन्… पुरा पढौ

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से ७५ अंकले बढ्दा ९ अर्ब बढीकाे काराेबार

काठमाडौं, १४ मंसिर । साताको पहिलो दिन नेप्से ७५.०२ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ७५.०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलब २४ विन्दुमा पुगेको छ । दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ । नेप्सेमा आज कारोबार भएका कूल १२… पुरा पढौ

सुनको मूल्य घट्यो, तोलामा ६ सय ह्रास

काठमाडौं, १४ मंसिर । आइतबार बजारमा पहेंलो धातुको मूल्य प्रतितोला ६ सयले ओरालो लागेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भयो । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार २ सयमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सयमा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार १ सय ५० मा कारोवार भएको छ… पुरा पढौ

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । आइतबार बिहानको मतपरिणाम अनुसार चन्द्र ढकालले कुल मतभारमा ५४.२६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानलले समग्र ४५.७४ मत मात्र ल्याउन सके । एशोसियटमा ढकालले ५२२ र प्रधानले ३७५, बस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ तथा जिल्लानगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन्… पुरा पढौ

उद्योग वाणिज्य महासंघको चुनावमा शतप्रतिशत मतदान

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत शतप्रतिशत मतदान भएको छ । निर्वाचन समितिका अनुसार शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको मतदान अवधिमा शतप्रतिशत मत खसेको हो । मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेका अनुसार जिल्ला नगरमा कुल १ सय ५, एशोसिएटमा ९ सय ३ र वस्तुगत संघमा १ सय १ मत खसेको हो । दिउँसो २ बजेसम्म जिल्ला नगरतर्फ शतप्रतिशत अर्थात १ सय ५ मतदान भइसकेको… पुरा पढौ

उद्योग वाणिज्य महासंघको मतदान जारी, ५० प्रतिशत मत खस्यो

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत शनिबार जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । काठमाडौंका विभिन्न ३ स्थानमा बिहादेखि शुरु मतदानअन्तर्गत मध्यान्हसम्म ५० प्रतिशत मत खसिसकेको निर्वाचन समितिले जानकारी दिएको छ। समितिका अनुसार जिल्ला नगरतर्फ ५२ मतदान भइसकेको छ । जिल्ला नगरमा कुल मत १ सय ५ हो । यसैगरी एशोसिएटमा ६ सय १२ मत अर्थात् ५० प्रतिशतभन्दा धेरै खसिसकेको छ । एशोसिएटमा ९ सय ५ कुल मत रहेको छ । उता, वस्तुगत संघमा १ सय… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज:नेतृत्वको भाग्यरेखा कस्काे काेरिएला ?

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । महासंघको ५४ औं साधारण सभाबाट महासंघको नयाँ नेतृत्वको भाग्यरेखा कोरिने भएको छ । एशोसियटबाट प्रतिनिधत्व गर्ने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच बरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिष्पर्धा हुँदैछ । दुवै उम्मेदवारले देश दौडहाको क्रममा आआफ्नो जितको दाबि गरेका थिए । उक्त दावि कस्को पोल्टामा जान्छ, त्यो भने आज हुने मतदानपछि आउने परिणामले देखाउने नै छ । निर्वाचन बिहान ८ वजेबाट शुरु हुँदैछ । निर्वाचनका लागि नेपाल… पुरा पढौ

प्रभु लाइफको ६० लाख कित्ता आईपीओ आउँदै

काठमाडौं, १२ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न मंसिर ११ गते बिहिबार अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी हुने छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ । साधारण शेयर निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त… पुरा पढौ

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १२ मंसिर । शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको छ । पुरा पढौ